नेपालको शैक्षिक इतिहास हेर्दा वैदिक शिक्षाबाट प्रारम्भ भएको देखिन्छ । नीति र ज्ञानको उद्गम स्थल नै वैदिक सभ्यतालाई लिइन्छ । ई.पू. १५०० वर्ष पहिला नै वेदव्यासले वेदको रचना गरेको हुन । त्यही वैदिक शिक्षाको जगमा पाश्चात्य शिक्षाको जग दिशाबोध भएको देखिन्छ ।
इतिहास, प्रचलन, प्रथा र जीवन्त मौलिक सँस्कृति भन्दा भिन्न शिक्षालाई आत्मसाथ गर्दा गैडाले आफ्नो कस्तुरी नचिने झै आफ्नो मौलिक शैली, शिल्प र कला बिहीन शिक्षाले जीवनपयोगी शिक्षा दिन सकेको देखिदैँन । राज्य संचालनमा शिक्षाको भूमिका र शिक्षा व्यवस्थापनमा राज्यको भूमिका यी दुई एक रथका दुई पाङ्ग्रा हुन । तर वर्तमानमा शिक्षित जनशक्ति पलाएन हुने स्थिति सिर्जना भएको देखिन्छ ।
शैक्षिक पलायन सहरमा भन्दा ग्रामीण परिवेशमा द्रूत रुपमा देखिन्छ । अध्यारोबाट उज्यालो तर्फ ज्ञान प्रवाह गर्ने भएकोले वेदमा गुरु भनिएको छ । वैदिक चिन्तनमा गुरुमा गुह्य (विशिष्ट ज्ञान) कुरा हुन्थ्यो । समाजमा अघात विश्वास र श्रद्धाभाव हुन्थ्यो । आधुनिकतामा शिक्षक सम्बोधन भयो । शिक्षकभित्र शिक्षाले सु–समाको चिन्तन विकसित देखिन्थ्यो । वर्तमानमा शिक्षकबाट अधिकांश व्यक्तिहरुको बोली ‘माष्टर’ शब्दले थेगेको छ ।
समुदायमा ‘माष्टर’ शब्दभित्र न विश्वास छ न श्रद्धा छ । न उनीहरुसँग रुपान्तरण, परिवर्तन र विश्वास थेग्ने साहास छ । तर पनि समाजमा विविधताको विरङरगनाको विचित्रताको रुपमा ‘माष्टर’ को गरिमा र ओझमा कमी आएको छैन । अनुसन्धानात्मक ढाँचा, समालोचक चिन्तन, रचनात्मक व्यावहार, रुपान्तरण र परिवर्तनको स्पष्ट खाका भएका शिक्षकहरु थुप्रै छन् उनीहरुलाई ‘माष्टर’ प्रणालीभित्रको सूर्य ग्रहण प्रतिभा ढपक्कै ढाकी दिएका छन् ।
भूमिका र व्यावहारमा ‘माष्टर’ भित्र शिक्षक निम्छरो छन् ।
‘माष्टर’को भूमिका कक्षाभित्रका विद्यार्थीहरुले भन्दा राजनीतिक दलका नेताले मज्जाले भरिलो झोलाभित्र राखेर शक्तिको दासत्वमा ‘माष्टर’ चिन्तनलाई माक्र्सवादी र समाजवादी चिन्तनभित्रको अवसरवादी बेलुनमा रुपान्तरणको हावा भरेर मुख कसिलो वाधेर नेताको बगली चाँचरद्वरा आरती उतार्न ‘माष्टर’ प्रणलीले रित्तो विचारको चमरु पंखाको हावाले नेतालाई पनि पदाशीन वनाउदा मख्ख राजनीतिले ती ‘माष्टर’लाई शैक्षिक विश्वासहीनता गर्दै आफ्नै छोराछोरीको शिक्षा, दीक्षामा मोटो रकम खर्च गरेर सहरी विद्यालयमा ग्रमीण राजनीतिको खर्चिलो शिक्षा नेताले धानेको नै छ ।
सहरले मञ्च र इज्जत दुबैलाई चिन्दैन । नेताज्यूको मंच र इज्जत धान्न ग्रामीण जनताको गडगडाहट तालीभित्र अवोध बालबालिको रोदन हो भन्ने चिन्तन गर्ने शिक्षक बद्नाम छ ‘माष्टर’ प्रणलीमा एउटा कुनामा आफ्नो भरिलो ज्ञान र सिप निकम्मा बनाएर छेउमै बसेर पात विनाको वृक्ष जस्तो खिक्रिक छ गुलाम तन्त्र नजानेको शिक्षक । आफ्नै अभिभावकको तालिले गिज्याएका बालबालिका दिनन्य दीनचर्यामा भविष्यको रोदन छेक्ने सामर्थ्य छैन । तैपनि अवोधभित्रको मुस्कान निश्वार्थ छ ।
स्वार्थी दुनियामा अवसरको हावा बग्दा कयौ बालबालिका व्यावहारिक बन्न सकेका छैनन् । त्यै ‘माष्टर’ बिग्रिएको समाजमा आफ्नो त्रुटिबाट सच्चिन समाजका गलत गतिविधि मज्जाले प्रष्ठाएको छ । समाजमा उसको भूमिका लामो छ । उसको भूमिकामा खुलेरै प्रसंसकको भीडमा मज्जाले सामाजिक क्षय नै विकास मानियो धन्न ‘माष्टर’ प्रणालीको शिक्षाले ज्ञान भर्न नसकेकोले टीठ र बहुआयमिकता समाजमा मज्जाले अन्तरघुलित भएर अब्बलता सावित गरेको छ ।
‘माष्टर’भित्रको बहुआयमिक चिन्तनले मज्जाले नै समाजलाई नै आयाम थपेको छ । राज्य संघीय संरचनामा गएपछि स्थानीय निर्वाचन पछि प्रमुख सल्लाहाकारमा ‘माष्टर’ साब कै भूमिका रह्यो । ‘माष्टर’ सल्लाह पनि अनुपम थियो । एजेण्डामा दफवार छलफल पछिको निष्कर्ष शुभ निश्कियो फलानाले A देखि Z सम्म विर्सिएछ । उसको नजिकैको विद्यालयमा खाली छ, मिलाउ जागिर खाने उमेर पनि २० दिन मात्र बाकी छ, । पास गरेको पनि १५ वर्ष भयो विचराको बेहाल छ । निर्वाचनमा हामीलाई नै सहयोग गरेको हो ।
मापदण्ड पूर्ण भयो १५ दिनको विज्ञापनमा १६ दिनमा शिक्षक नियुक्ति भयो । समुदायले भोज खायो रमाइलो गरो मीठो भोजनमा स–सनाबालालिकाको रोदनसँग कोमल मस्तिष्कलाई कठोर जीवन सङ्घर्ष प्रारम्भ विन्दु भन्ने अनबिज्ञ समाजमा ‘माष्टर’ साबले भोलिदेखि सातै घण्टी पढाइ हुन्छ भनेपछि तालि गडगडाहट । सिकाइलाई घण्टीसँग जोडेर सिक्ने हाम्रो समाजमा गतिलै घाडो बन्यो शिक्षा । ग्रमीण स्थानमा शिक्षाको दूरदशाको प्रस्थान बिन्दु नै यही बन्यो । प्रतिस्पधात्मक शिक्षामा ‘माष्टर’ भूमिका गज्जव छ । अधिकांश ग्रामीण परिवेशको निजी विद्यालयमा तिनै ‘माष्टर’ साबको लगानी र शेयर छ । शेयर अदृश्यात्मक रुपमा श्रीमती र आफन्तको नाममा पनि स्थान्तरण गर्ने माइन्डेड पनि रोचक छ ।
आफ्नो छिमेकीको रकम पनि झ्याप्पै बनाउने गज्जबको लगानी, समाज सेवा र शिक्षा प्रेमी मात्रै होइन बुद्धिजीविको उपमा र अलङकारले सु–सोभित भएपछि त विद्यालय शिक्षा लैनोपाडोको खुट्टा बिम्ब मै सीमित रहने नै भयो । तिनै विचौलियाले ग्रमीण शिक्षाको शैक्षिक अवस्था निकम्मा छ ।
शैक्षिक प्रशासनमा स्थानीय सरकारले जिम्मेवारी बोध र स्तरीकृत शैक्षिक रुपान्तरणको खाका पस्किने योजना बनायो । प्रस्थान विन्दु त आधारबिन्दु बन्यो दलको भ्रमित झोलमा विभेदको चरमोत्कर्ष पस्किन सक्नेको खोजी भयो । त्यो गुणशाली व्यक्तिको छनोटमा ‘माष्टर’लाई नै नियुक्त गरियो ।
अनुगमनको वीरबरिकको मिथ्यावादले पनि गिज्याउने दलझोलेवादको मूल्याङ्कनमा राजनीतिक सिठ्ठीमा शैक्षिक रेफ्रीको भूमिकाले खाका र खेलाडी बिनाको रेफ्री मात्रै उफ्रिदा शैक्षिक विश्वसनियता र वैधता गुमेको शैक्षिक प्रशासनको भूमिकामा ‘माष्टर’ चिन्तनले विभेदको रुप र मात्रा घृणित बनाएको छ । ‘माष्टर’को बहुआयमिक चिन्तनले ग्रामीण शैक्षिक परिवर्तनमा समाहित नभएपनि समाजपरक गतिविधिमा निकै दरिलो आधार कायम गरेको छ । संघीय संरचनामा स्थानीय तहमा विद्यालय शिक्षा रहेको छ । ती विद्यालय तहमा रहने ‘माष्टर’ हरुको भूमिका र जिम्मेवारी समाजको सबै तहमा देखिन्छ ।
नेता, सामुदायिक विद्यालयको प्राध्यापक, रेडक्रस कर्मी , जग्गा कारोवार, व्यापारी, स्वास्थ्य कर्मी, सफल कृषक ती सबैको बोझको भारी विसाउन आतुर ‘माष्टर’ नेताको इज्जत र पदाशीन बोझलाई बेस्सरी थेग्दा उसको पहिलो पेसाको बोझ कार्यसम्पादनमा निकम्मा प्रणाली नै वर्तमानमा ‘माष्टर’ पद्धति बनेको छ । शिक्षाप्रतिको आज २१ औं शताब्दीको नवीन चिन्तनमा शिक्षकहरु पछाडि देखिन्छन् ।
विद्यालय शिक्षाका नवीन सिद्धान्तलाई प्रयोग परक चिन्तन गर्ने ढङ्ग नहुदा सिद्धान्तमा लुकेको शिक्षाले व्यावहारिकता दिन सक्दैन । सामथ्र्यवान शिक्षकहरु द्वारा चिन्तशील कक्षाकोठाबाट रुपान्तरित शिक्षाको अपेक्षमा रहेका सुविधा विहीन तथा पहुच विहिन समुदाय अध्ययन गर्ने विद्यालयमा हुने अदृश्यात्म हस्तक्षेप नै शिक्षा खस्किनुको प्रमुख कारण रहेको छ ।
शिक्षकहरूमा प्रविधिमा उच्चतम् ज्ञान, सहकार्य, रचनात्मकता, आलोचनात्मक सोच, सञ्चार, सांस्कृतिक क्षमता, भावनात्मक, बौद्धिकता , सिकाइप्रति हार्दिकता रहुन आवश्यक छ । यी सीप र दक्षताहरू बाट आफ्ना विद्यार्थीहरूलाई आधुनिक संसारमा सफल हुन आवश्यक ज्ञान, सीप र मनोवृत्ति प्रदान गर्न सक्छन् । यी आधारहरुको सफल कार्यान्यनबाट ग्राम्रीण क्षेत्रको शैक्षिक विकास गर्न सकिन्छ ।
राजनीतिक ब्याजको आसमा बकुल्लाले बेलुका आफ्ने गुण खोजेर प्रस्थान गरे जस्तै स्थानीय राजनीति र सामाजिक प्रतिष्ठाको उपमा पाउने उच्चतम् समाजिकको खुराक बोक्नेहरु स्थानीय सरकारको अवधारणा अनुसार जनताको विकासमा विनियोजित भएको रकमको रकमानान्तरणबाट मज्जाले नै सहरमा भरणपोषण पुगेको नै छ । जनतामा शिक्षा र चेतनाभन्दा अवसर र भ्रमबाट पदीय गरिमा र ओझ घट्ने महत्वकाक्षाले ग्रामीण क्षेत्रको शिक्षा चेपुवामा फसेको छ ।
लेखक: गणेश कोइराला vaikoirala@gmail.com
गोलन्जोर ६ सिन्धुली