माननीय दाहालको ४६ औं जन्मदिन: ब्लड बैंकलाई ५१ हजार सहयोग

सिन्धुली – प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) ले आफ्नो ४६ औं जन्मदिनका अवसरमा ब्लड बैंकलाई ५१ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । 

माननीय दाहालले नेपाल रेडक्रस सोसाइटी सिन्धुली शाखाले सञ्चालन गरिरहेको ब्लड बैंकलाई रकम सहयोग गर्नुभएको हो । जिल्लामा रगत संकलन तथा निःशुल्क वितरणका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले एक करोडको फन्ड जम्मा गर्ने अभियान सुरु गरेको छ । 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज समेत रहेका दाहालले जिल्लाका नागरिकको उपचारमा रगतको अभाव हुन नदिन र आवश्यक रगत निःशुल्क वितरण गर्न जिल्लावासी तथा स्थानीय, प्रदेश र संघीय सरकारले समेत पहल गर्नुपर्ने बताउनुभयो ।

प्रकाशित मिति : १० असार २०८०, आईतवार ०९:२०

प्रतिक्रिया दिनुहोस्