कमलामाइ नगरपालिकाद्वारा निष्कृय रहेका सात सहकारी खारेज

सिन्धुली – कमलामाई नगरपालिकाले गगरपालिका मातहतका सातवटा सहकारी संस्थाको दर्ता खारेजी गरिदिएको छ । दर्ता भएको लामो समयसम्म कुनैपनि कारोवार तथा गतिविधि नगरी निष्कृय रहेको कारण जनाउदै सातवटा सहकारी संस्था खारेज गरेको हो । 

कमलामाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद दाहालका अनुसार कमलामाई नगरपालिका- ८ मा रहेको कमलामाई सृजनशील जडीबुटी सहकारी संस्था, वडा नम्बर ३ मा रहेको जनशक्ति जुनार उत्पादन कृषि सहकारी संस्था, वडा नम्बर १० को वनस्पति जडीबुटी र एकीकृत सामुदायिक विद्युत सहकारी संस्था खारेज भएका हुन् ।

त्यस्तै कमलामाई नगरपालिका -११ रानिचुरीमा रहेको रानीचुरी कृषि सहकारी संस्था, वडा नम्बर १४ रानिवासमा रहेको रानिवास दलित उत्थान कृषि सहकारी संस्था र वडा नम्बर ११ मा रहेको रानीचुरी दलित उत्थान सहकारी संस्थाको दर्ता खारेजी गरिएको हो । 

यी सहकारी संस्थाहरू २०५९ देखि २०७१ सम्ममा डिभिजन सहकारी कार्यालय धनुषामा दार्ता भएका थिए । ‘यी सहकारी संस्था लामो समयदेखि निष्कृय रहेको पाइएपछि सहकारी ऐन २०७४, सहकारी नियमावली २०७५ तथा कमलामाई नगरपालिका सहकारी ऐन २०७५ को दफा ६६ (विघटन र दर्ता खारेज) को उपदफा ५ बमोजिम दर्ता खारेज गरिएको हो,’दाहालले भने । 

खारेज भएका सहकारी संस्थाबाट अब कुनै किसिमका कारोबार नहुने दाहालको भनाइ छ ।

प्रकाशित मिति : १ श्रावण २०८०, सोमबार १०:५२

प्रतिक्रिया दिनुहोस्