पुष्कर थापा । केही भर छैन आजभोलिको मौसमको । एकैछिनमा मुसलधारे पानी अनि एकैछिनमा टण्टलापुर घाम । हिउँद हो या बर्खा छुट्याउनै नसकिने ।
आज, भदौ २२ गते । साथमा बर्षादि थिएन । नगरपालिकाको कार्यालय अगाडि जुनार संघको भवनमा ओत लागेर बसिरहे कालो बादलसङ्गै एकतमासले मडारिरहेको आकाश कतिबेला खुल्ला भनेर । पानी बे-प्रवाह निक्कै तामझामका साथ परिरहेको थियो ।
घडि हेरे अपरान्हको ४:३७ भएको रहेछ । आकाशमा कालो बादल अझै मडारीरहेको थियो । पानी रोकिने छाटकाट नै थिएन । सोचे उभिरहनु भन्दा कतै चिया पसलमा बसेर चिया पीँउ । जुनार संघकै भवन रहेको छेउमा एउटा चिया पसल छ । बरु पानी नरोकिएसम्म उतै बसेर चिया पिउछु सोचे ।
गाउँ या शहर जताततै कोरोनाको कहर । सबै क्षेत्र, सबै समुदाय अनि सबैजना कोरोनाको त्रासमा छन । केही दिन अगाडिसम्म कमलामाइ नगरपालिकाको नगरक्षेत्रलाई सटडाउन घोषणा गरिएको थियो ।
सटडाउन मात्रै कोरोना रोकथामको उपाय होइन भन्ने मनसायले हाल सामाजिक दुरि कायम गर्ने, माक्सको अनिबार्य प्रयोग गर्ने, सुरक्षित रहने, अति आबस्यक काम बाहेक घरबाहिर जथाभावी हिडडुल नगर्नेगरि नगरपालिकाले एक बिज्ञप्ति जारी गर्दै सटडाउन नभएको जानकारी गराएको छ ।
त्यसपछि केही फाट्टफुट्ट अटो, बजार/ब्यबसाय, सवारी साधन, ढुवानी ओसारपसार, सरकारी तथा निजि सवारी साधनहरु एताउता जाने/आउने क्रम चलिरहेकै छ ।
कमलामाइ नगरपालिकाको कार्यालय नजिकै फराकिलो सडक भएको एक चौबाटो छ । जसलाई हामी लोकतान्त्रिक चोक भन्छौ । पानी उसै बे-प्रवाह बर्षिरहेको थियो । निथ्रुक्क भिजेको सडक हुँदै एउटा अशक्त जिवन उहीँ बाटो हुँदै घिस्रीरहेको थियो । थाहा थिएन त्यो घिस्रीरहेको अशक्त जिबनको गन्तव्य कहाँ थियो ।
यत्ति चाहिँ अनुमान लगाउन सकिन्थ्यो कि त्यो अशक्त जिबनको कहिँ न कतै गन्तव्य छ र नजिकै छ । आकाशे पानीको बेग बढ्दो क्रममै थियो । खुल्ला आकाशमुनि निथ्रुक्क भिजिरहेको एउटा वृद्ध जीवन पानीको तिब्र बहाबको हुङ्कारले किन हातखुट्टा टेकेर हुइकिरहेको छ ? मनमा बुझ्ने इच्छा पलायो ।
थाकेको वृद्ध शरीर । रुदारुदै अँध्यारो भएको अनुहार जस्तो र कु-बेलाको झरिले अन्धकार बनाएको आकाश जस्तो । चिल्ला बिलासी गाडी, सेता तथा राता नम्बर प्लेटका निजि तथा सरकारी गाडी, तन्दुरुस्त ज्यान भएका मान्छेहरुको दौडधुपको बिचमा एउटा वृद्व थाकेको अनुहार, त्यसमा पनि यो झरीमा हातखुटा टेकेर खुल्ला सडकमा दौडिरहेको एउटा निर्दयी जिबन । कति, कारुणिक दृश्य ?
निक्कै ठूलो बर्षाको बिचमा एउटा कपडा पसलको छेउमा ओत लाग्ने बहानामा अढेश लागेर बसिरहेको त्यही अशक्त जिबनसङ्ग मेरो भेट भयो । र उसै झरीको मौकामा उनैसंग एक कप चियाको साहारामा करिब साढे २ घण्टा भलाकुसारी गर्ने अबसर पाए ।
उनी हुन दिलबहादुर भुजेल । जन्म महिना त्यति स्पष्टसंग याद नभएपनी यो असारबाट उनी ७७ बर्षमा लागे । उनको घर कमलामाइ नगरपालिका -६ शिखरटोलमा हो ।
उनको दुई छोरा र दुई छोरी थिए । एउटा छोरिको केही बर्ष अघि देहावसान भएपछी अहिले एक छोरी र दुई छोराका सन्तान परिवार सहित उहीँ शिखरटोलमा बस्छन ।
दुई छोराबुहारी आफ्नो कमाइमा गुजारा चलाइरहेका छन भने एक छोरिज्वाइले कृषि उपजमा मासु पसलको ब्यबसाय चलाइरहेका छन । दिलबहादुरको आफ्नो भन्नू एउटा श्रीमति थिइन् शान्ता भुजेल ।
दिलबहादुर भुजेलले २०४५ सालमा नेपाल सशस्त्र प्रहरिमा सेक्युरिटीको रुपमा जागिर खाए । भरतपुर चितवनबाट पासआउट भएका भुजेलले धेरै जिल्ला जागिरको शिलसिलामा ब्यतित गरे । जागिरकै क्रममा भक्तपुरको गठ्ठाघरमा २०७१ सालमा भुजेलले सेक्युरिटी जागिरे जीवन ब्यतित गरिरहेका थिए ।
श्रीमती, छोरा, छोरी यहि सिन्धुलिको शिखरटोलमा राखेर भक्तपुरमा जागिरे जीवन ब्यतित गरिरहेका दिलबहादुर माथी एकदिन ठूलो बज्रपात आइलाग्यो । खाना पकाउन प्रयोग गरिरहेको स्टोभ पड्किएर उनको दुबै खुट्टाको घुडामुनिको भाग, दुबै हात र एउटा आँखा जल्यो ।
उनको समयमै उपचार हुन नसकेर अहिले दुबै खुट्टाको घुडामुनिको भाग कुहिएको छ । एउटा आँखा देख्दैनन भने अर्को एक आखापनि मधुरो देख्छन ।
अहिले उनको दुई खुट्टाले हिड्न हुदैन भने दुबै हात समेत राम्ररी चल्दैन । उनी अहिले दुई हत्केलामा कार्टुनको टुक्रा लबडले बाधेर टेक्छन भने खुट्टा तेर्स्याउदै बोराको चकटिमा घिर्सिएर चारपाउ टेकेर हिड्छन ।
यसरी चारपाउ टेकेर सिन्धुलिको सदरमुकाममा हिड्न लागेको दिलबहादुरले ६ बर्ष भयो । सेक्युरिटीमा जागिर खाने क्रममा आफुले आगोमा आफ्नो शरीरका अंग गुमाउनु परेपछी घरपरिवारको सहायतामा उनलाइ सिन्धुली ल्याइएको हो । भनौं न दिलबहादुरले आगोको रापमा एउटा अर्को नयाँ जीवन पाए । तर, अत्यन्त कष्टकर जीवन ।
आफुले जागिर खाने संस्था तथा यहाँको सम्बन्धित कार्यालयबाट उपचार तथा राहतको थुप्रै आश्वासन पाएका भुजेलले कतैबाट उपचार र राहत भने आजसम्म पाएका छैनन । दिलबहादुर भन्छन- ‘आफ्नै छोराले पनि उपचार गराउनुपर्छ भनेर सिन्धुलिमा यसको औषधि पाइदैन भनेर ढाट्छ ।’
भुजेलले भने- ‘नगरपालिकाको मेयर खड्गबहादुर खत्रीले एक हजार रुपैयाँ दिनुभएको थियो त्यो सङ्गै अरुसंग उपचारको लागी मागेको सहयोग रकम लिएर सिन्धुली अस्पतालमा अलि अगाडि उपचार गराउन गएको थिए । तर, अस्पताल भित्र छिर्नै दिएनन् । हेर्नुस् त बाबू, असहाय वृद्धलाई त यहाँ अस्पतालले समेत हेला गर्दोरहेछ ।’
ए साच्चै ! अघि मैले शान्ता भुजेलको कुरा गर्दै थिए नि ? शान्ता भुजेल दिलबहादुर भुजेलको श्रीमति हुन । जिबनभर एकअर्कालाइ साथ दिने भनेर १८ बर्षको उमेर छदा दिलबहादुरले आफ्नो घरमा भित्र्याएकि जिबनसङ्गिनी । तर, बुढेसकालमा त्यो पनि यो अशक्त अबस्थामा जिबनभर साथ दिन्छु भनेर ल्याएकी जिबनसङ्गिनी शान्तानै उनिसङ्ग छैनन । उहा कहाँ जानुभयो त ? मैले सोधे ।
दिलबहादुर भन्छन उ त पोइल गइन । मैले सोधे तपाईं लगभग ७७ बर्षको हाराहारिमा हुनुहुन्छ तपाइको श्रीमति कति बर्षको हुनुहुन्थ्यो ? दिलबहादुरले भने त्यस्तै ६५ बर्षको थिइन ।
मैले सोधे, अनि कति बर्षको उमेरमा उहाँ हिड्नुभयो ? दिलबहादुर भन्छन ४ बर्ष भयो उनी पोइल गएको । मैले सोधे त्यसो भए के तपाइको श्रीमती ६५ बर्षको उमेरमा पोइल जानुभयो त ? दिलबहादुरले मुस्कुराउदै भने पोइल जान उमेरले छेक्दो रहेनछ सर ।’
चारबर्ष अघि ६५ बर्षको उमेरमा दिलबहादुरकी श्रीमति अर्कैसङ्ग हिडेपछी र छोराबुहारिले वास्तै नगरेपछी उनी अहिले अशक्त जिबनलाइ सडकमा घिसार्दै-घिसार्दै आफ्नो जीवन गुजारिरहेका छन । अशक्त जिबनलाइ कहिले तान्दै र ठेल्दै उनी उपचारको खोजिमा अपाङ्ग कल्याण संघ, कमलामाइ नगरपालिका र मातहतका निकायसम्म पुगिसकेका छन ।
तर, उनले आजसम्म ती निकायबाट उपचार पाउन सकेका छैनन । उनको नामको एउटा नागरिकता प्रमाण-पत्र थियो । त्यो पनि आफ्नो शरीरको अंगसङ्गै जलेर खरानी भयो । अहिले न त उनले नागरिकता पाउन सकेका छन नत उपचार नै ।
उपचार र जीवन जिउने शिलसिलामा चारपाँउ टेकेर बे-प्रवाह दौडिरहेको एउटा अशक्त जिबनले कोहि कसैको सहायतामा उपचार पायो र आगोको ज्वालामा आफ्नो शरिरको अंगजस्तै गुमेको नागरिक्ता पायो भन्ने साच्चै जीवन सफल भएको ठहरिनेछ ।
कलमले लेखिएको जस्तो जीवन छैन र हुँदैन पनि । तर, कलमले लेखिन सक्ने जस्तो हैसियत बनाउनु पनि एउटा जिबनको ठूलो उपलब्धी मान्न सकिन्छ । दिलबहादुरले उपचार पाएको एउटा सफल कथा लेख्ने पर्खाइमा रहेको अंकपत्रको कलम उनको बिश्वासिलो अक्षर बन्न सकोस् । उनले चाडै उपचार पाउन । दिलबहादुरलाई शिघ्र स्वास्थ्यलाभको कामना ।।।।