कृषकलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया सिन्धुलीमा सम्पन्न

सिन्धुली – कृषकहरुलाई गाईभैसी पालन सम्बन्धी अन्तरक्रिया कार्यक्रम शनिबार सिन्धुलीमाढीमा सम्पन्न भएकाे छ । कमलामाई नगरपालिका वडा नंं. ५ फाेस्रेटारमा जिल्ला स्थित दुग्ध उत्पादक कृषक, डेरी व्यवसायी लगायत सराेकारवालाहरुकाे उपस्थितीमा अन्तरक्रिया सम्पन्न भएको हो ।

ए.बि. प्यालेट फिड प्रा.लि. काे समन्वय तथा राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. काे आयाेजनामा एक दिने गाई भैंसी पालन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे सिन्धुली डेरी उद्योग प्रा.लि. का संचालक तथा नेपाल डेरी एशाेसिएसन शाखा सिन्धुलीका अध्यक्ष बलराम अधिकारीले बताउनुभयो ।

राजदेवी कृषि पशुपालन तथा दुग्ध उत्पादन सहकारी संस्था लि. का अध्यक्ष श्री यम कुमार देवकोटाको अध्यक्षता संचालन भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथी ए.बि. प्यालेट फिड प्रा.लि. का प्रबन्ध निर्देशक श्री पिताम्बर संजेलले सहजीकरण गर्नुभएको हो ।

अन्तरक्रिया कार्यक्रममा गाई भैंसी पालन गर्दा अपनाउनु पर्ने विशेष कुराहरु संगै आहारा व्यवस्थापन र कृषकले पशुपालन  गर्दा अपनाउनु पर्ने साधारण देखि प्राविधिक कुरावारे जानकारी गराइएको आयोजकले जनाएको छ ।

सहजकर्ताले कृषकले गाईलभैसी पालन गर्दा गाेठ देखि ओठ सम्मकाे सरसफाइमा ध्यान दिदै व्यवसायलाई संचालन गर्नुपर्ने धारणा ब्यक्त गरेका छन । आहाराकाे बिषयमा कुरा राख्दै पशुलाई उचित प्रकारकाे मापदण्ड अनुसारकाे दाना प्रयाेग गरि कृषले दूध उत्पादनको वृद्धि संगै पशुकाे स्वास्थ्यकाे समेत ख्याल गर्न प्रशिक्षले कृषकलाई सुझाव दिएका छन ।

दानामा धेरै प्रकारकाे मिसावट संगै उचित प्रकारकाे सन्तुष्टि नपाएकाे कृषककाे गुनासाे लाई ए.बी. प्यालेट प्रा.लि.का प्रबन्धक पिताम्वर संजेलले बजारमा धेरै प्रकारका उद्योगले फरक फरक पाैष्टिक तत्व भएकाे संगै दानामा युरियाकाे मात्रा अत्याधिक भएकाे दाना बिक्री गरिरहेकाेले कृषकले सरकारले बनाएकाे मापदण्ड अनुसारकाे दाना खरिद गरि प्रयाेग गर्न सुझाव दिएका छन ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार १२:५८

प्रतिक्रिया दिनुहोस्