लेकको स्वाद लेकालीमा [फोटो फिचर]

सिन्धुली — सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीबाट सुन्दर बिपि राजमार्ग हुँदै करिब २० कि.मि यात्रा गरिसकेपछी ऐतिहासिक सिन्धुली गढीको प्रबेशद्वार पुग्न सकिन्छ ।

सुन्दर नागबेली घुम्ती सङ्गै मनोरम दृश्य अबलोकनसंगै सिन्धुली गढी प्रबेशद्वार बाट करिब ३ कि.मि यात्रा गरेपछी खनियाखर्क बजार पुगिन्छ । जहाँ सिजनको बेला स्थानिय रुपमा उत्पादन हुने ताजा जुनार, सुन्तला लगायतका फलफुल, तरकारी बिक्रीबितरणका लागी राखिएको हुन्छ ।

गर्मीयाममा समेत चिसो हुने उक्त बजार क्षेत्रबाट करिब ३ कि.मि अघि बढेपछि खनियाखर्कको छब्बिस भन्ने स्थान पुगिन्छ जुन स्थानको नाम सिन्धुली सदरमुकाम बाट २६ किमि रहेकोले सोही किमिको नाममा उक्त स्थानको नाम तय गरिएको हो ।

छब्बिसको केही बजार जस्तो क्षेत्रको बायाँपट्टि एउटा होर्डिङबोर्ड देख्न सकिन्छ जहाँ लेखीएको छ ‘लेकाली’ शिद्दीलक्ष्मी डेरि उद्योग । ‘लेकाली’ स्लोगान, यही ‘स्लोगन’ले तान्छ खनियाखर्क छब्बिस पुग्ने जो-कोहीलाई । उक्त डेरि उद्योगका सञ्चालक हुन्, गोलन्जोर –५ हिर्दिङ्गका नेत्रबिक्रम थापा (बिवस) ।

युवा ब्यबसायी भएकोले पनि उनलाई उक्त ब्यबसाय प्रती परिपक्व त देखाउँछ नै, संगै लेकाली शब्दले पनि सबैको मन तानेको छ । पत्रकारिता पेशामा समेत रहेका बिबस सिन्धुलीमा ‘लेकाली’ उत्पादन र स्वाद चखाउने युवा उद्दमीमा गनिन्छन् ।

उनले गोलन्जोर -५ हिर्दिङ्गमा संचालनमा रहेको हिलटप कृषि फार्म प्रा.लीले उत्पादन गर्ने खुवा छुर्पी लगायतका पदार्थ सामाग्रीको उत्पादन तथा बजारिकरणबाट राम्रो अनुभव संगालेका छन ।

खासगरी चिसो ठाउँमा उत्पादन हुने उत्पादन सामाग्रीलाई बिश्वबजारमा एउटा ब्राण्डको रुपमा स्थापित गर्ने उदेश्य अनुरुप उनले ‘लेकाली’ उत्पादनलाई मुख्य प्राथमिकतामा राखेका छन ।

लेक क्षेत्रमा उत्पादन भएका फलफुल तथा तरकारी खासगरी लेकमा किशानले पालेका गाईभैसीको दुधबाट बनाइने परिकार घ्यु, खुवा, कुराउनी लगायतका पदार्थ आफैले बनाएर बिक्रीबितरण गर्ने गरेको लेकाली ब्राण्ड तथा शिद्दीलक्ष्मी डेरि उद्योगका संचालक थापा बताउछन ।

उनका अनुसार अहिले लेकाली ब्राण्डमा दुग्धजन्य पदार्थबाट निर्मीत खुवा, ललिपप, बम्बैशन, पुष्टकारि, लस्सि, कुराउनी, घ्यु लगायतका पदार्थ सामाग्री उत्पादन गरिने गरेको छ । साथै लेकमा उत्पादन भएका फलफुल तथा तरकारी पनि लेकालीमा पाइन्छ ।

लेकाली ब्राण्डका सामाग्री उत्पादनको माग र बिक्रीका लागी आबस्यक दुध कम भइरहेको र त्यसको लागी आबस्यक स्थानिय कृषक र सम्बन्धित पक्षसंग समन्वय भइरहेको संचालक थापाले बताउनुभयो ।

अहिले दैनिक १५० लिटर दूध संकलन हुने गरेको र हप्तामा १.५ क्विन्टल कुराउनी बिक्री हुने गरेको बताउदै उहाँले मासिक रुपमा लेकाली उत्पादन ४ क्विन्टल घिउ बिक्री हुने गरेको उहाँको भनाइ छ ।

संचालक थापा भन्छन ‘लेकाली’ अलि युनिक नाम भएर पनि होला देश बिदेशबाट लेकाली उत्पादनको माग दिनप्रतिदिन बढिरहेको छ, त्यो माग धान्नको लागी हामिले दूध खरिद बढाउनुपर्ने हुन्छ त्यसको लागी सम्बन्धित किशानसंग कुरा गरिरहेका छौ तर हामिले आवस्यक्ता अनुसार दूध खरिद गर्न सकिरहेका छैनौ, दुधको अभाब छ उहाले भन्नुभयो ।’

खासगरी बिपि राजमार्ग हुँदै राजधानी लगायत पुर्व-पश्चिम् यात्रा गर्ने यात्रुहरुले लेकाली उत्पादन लाई अत्यन्त मन पराएको र दैनिक एकसय हाराहारीमा यात्रुहरुले लेकाली उत्पादन चाख्ने र कोशेली लैजाने गरेको संचालक थापा बताउछन ।

चिसो ठाउँ खासगरी महाभारत क्षेत्र (लेक) मा अबस्थित किशानले पालेका गाई भैसीबाट संकलित दुधबाट बनाइने पदार्थ सामाग्री भएकोले उद्योगबाट उत्पादित सामाग्रीलाई ‘लेकाली’ ब्राण्डको नाम दिइएको संचालकको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०८०, सोमबार ०६:३४

प्रतिक्रिया दिनुहोस्