बिपि पथमा कांग्रेस हिड्न सकिरहेको छैन: सह-महामन्त्री पाण्डे

सिन्धुली – नेपाली कांग्रेसका सह-महामन्त्री बद्री पाण्डेले ‘वीपीले देखाएको बाटोमा कांग्रेस हिड्न नसकिरहेको जनाउदै अन्य दलहरुले समेत वीपीको विचारलाई मान्ने गरेको तर वीपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन भने अहिले नसकिरहेको अवस्था रहेको बताएका छन ।

‘वीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी भएको बताएका हुन ।

नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा जननायक बि.पि कोईरालाको ११० औं जन्मजयन्तीको अबसरमा आयोजित लत्ता कपडा बितरण तथा तिज विशेष दर कार्यक्रममा सह-महामन्त्री पाण्डेले यस्तो बताएका हुन ।

नेपाली कांग्रेस सिन्धुली क्षेत्र नम्बर २ प्रदेश सभा (क) को आयोजनामा जिल्लाको सुनकोशी गाउँपालिका भित्रका अपांगता भएका क र ख बर्गका २०४ ब्यक्तीलाई सह-महामन्त्री पाण्डेको प्रमुख आतिथ्यतामा लत्ताकपडा बितरण गरिएको हो ।

प्रदेश समितीका सभापती बिजय कुवरको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि पाण्डेले वडा तहबाटै फरक क्षमता भएका ब्यक्तीलाई सम्मानका साथ बाच्न पाउने अधिकारको लागी नीति तथा कार्यक्रम सुनिश्चित हुनुपर्नेमा जोड दिएका छन ।

उनले हरेक बर्गका नागरिकको अभिलेखिकरण वडा तह हुँदै राज्य सम्यन्त्र सम्म स्थापित हुन सके समुदायका सामान्य भन्दा सामान्य समस्या पनि सरकारले सम्बोधन गर्न सक्ने बताएका छन । वीपीलाई सम्झदै सह-महामन्त्री पाण्डेले भने प्रधानमन्त्री भएका बेलामा ६ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने जननायक बि.पि कोईरालाले लक्ष्य लिएको उल्लेख गर्दै भने, ‘कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई वीपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।’

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका पुर्वसभापती तथा पुर्व संविधान सभा सदस्य मोहन बराल, निबर्तमान सभापती उज्ज्वल प्रसाद बराल, महासमिती सदस्य लगायतले जन्मजयन्तीमा बिपिलाई स्मरण गर्दै लोकतान्त्रिक निधिका रुपमा बिपीलाई चिन्‍नुपर्ने धारण राख्दै वीपी दुरदर्शी र परिपक्क नेताको रुपमा रहेको बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार ११:५८

प्रतिक्रिया दिनुहोस्