एरोनेटको चरम लापरबाही: करेन्ट लागेर भैंसी मर्यो, क्षतीपुर्ती दिएन

सिन्धुली – कमलामाइ नगरपालिका -१४ तल्लो रानिबासका सन्तोष सुनुवार सामान्य खेती किशानी गरेर आफ्नो जिबिकोपार्जन गर्ने गर्दछन । उनको चार सदस्यीय सानो र खुशीको परिवार छ । सुनुवारको परिवार सामान्य अर्म/पर्म र ज्याला मजदुरिमा आफ्नो दैनिकी गुजार्छन ।

सानो सुनुवार परिवारको एउटा सपना छ । एउटा लायकको सर्लक्क परेको भैंसी किन्ने, त्यसलाई राम्रो संग स्याहारसुसार गर्ने र पछि आफुलाई आबस्यक्ता पर्दा आफुले पनि उपभोग गर्ने र अरुबेला भैंसीबाट उत्पादित दूध बजार लगेर बेच्ने र घरखर्च टार्ने ।

सन्तोषले केही महिना अघि सोही योजना अनुरुप गाउँबाट एउटा भैंसी किनेर घर भित्र्याए । भैसिलाई घामपानीमा बस्न मिल्ने एउटा सानो चिटिक्क परेको भैंसीगोठ समेत उनले बनाइदिए ।

बेलैदेखी राम्ररी स्याहार गर्यो भने भैंसीले राम्रो संग दुध दिन्छ भन्ने सन्तोष र उनको जहान परिवार लाई समेत ख्याल थियो । सोही अनुसार सन्तोष र उनको परिवारले भैंसी लाई बेलामा खोले, कुडो, घाँस दिन्थे । नभन्दै भैंसी यहि अर्को महिना पौषमा बिहाउने भयो । त्यही अनुसार बेलामा घास, कुडो खोले खुवाएर सन्तोषको परिवारले भैंसीलाई हेर्न लायकको बनाएका थिए ।

सधैझै घाँस कुडो गरेर सन्तोष गएको असोज महिनाको एक साझ खाना खान भान्सा तिर लागे । खाना खादै गर्दा गोठ तिर केही ढलेको आवाज आयो । हत्तपत्त दौडेर जादा सन्तोष र उनको परिवार छागाबाट खसेझै भए । उनिहरुको अगाडि आफुले भर्खरै घासपानी र खोले खुवाएको र दुई महिना पछि मात्रै बिहाउन ठिक्क परेको भैंसी लमतन्न खुट्टा पारेर ढलिरहेको थियो ।

बिचरा सन्तोष सुनुवारको दैनिक दूध बेच्ने र सामान्य घरखर्च जोहो गर्ने सपना मात्रै ढलेको थिएन उनको घर नजिकै रहेको भैंसी गोठको शोभा, छोराछोरिको बिहानबेलुका तातो दुध, दहिमोहि घ्यु खाने यी सबै सपना भैंसी सङ्गै ढलेको थियो ।

सन्तोषको घर नजिकै रहेको गोठको साइडमा विद्युतको पोल गाडिएको छ । उनि र उनको परिवारले शीत र पानीको कारण पोलमा करेण्ट आएर भैंसीलाई करेन्ट लागेको र भैंसी मरेको भन्ने थाहा पाए ।

विद्युत लाइन सर्ट भएर करेन्ट लागेको सन्तोषको परिवारले निष्कर्ष निकाल्यो र विद्युत कार्यालयमा उचित क्षतीपुर्तीको माग गर्दै भोलिपल्ट उनको परिवारले सम्बन्धीत कार्यालयमा आबेदन दियो । तत:पस्चात विद्युत कार्यालयले स्थलगत अनुगमन गर्यो ।

तर, स्थलगत अनुगमनको क्रममा विद्युतको लाइन सर्ट भएर करेण्ट लागेको नभइ विद्युतको लाइन सङ्गै एउटै पोलबाट टाङ्गीएर लगिएको एरोनेटको केबल सर्ट भएर विद्युतको पोलमा करेन्ट प्रवाह भएको र सोही कारण भैंसीलाई करेन्ट लागेर भैंसी मरेको स्थलगत अनुगमनको क्रममा प्रमाणित भयो । प्रहरी कार्यालय, पशु कार्यालयमा दिएको जाहेरि अनुसार स्थलगत अनुगमन पस्चात एरोनेटको केबल सर्ट भएर करेण्ट लागेको भनी प्रहरी र भेटेरेनरी चिकित्सकले मुचुल्का तयार पारे ।

एरो इन्टरनेटका प्रतिनिधि, विद्युत प्राधिकरणका प्रतिनिधी, प्रहरी कार्यालयका प्रतिनिधि, पशु कार्यालयका प्रतिनिधी, पिडित पक्ष सबैको छलफलबाट एरोनेटले उचित क्षतिपुर्ती दिने भनेर एक किसिमको मिलापत्र भएको पिडित सन्तोष सुनुवार बताउछन । क्षतिपुर्ती बिबरणमा पिडित पक्षले एक लाख २० हजार क्षतीपुर्ती पाउनुपर्ने निष्कर्ष छ।

तर, एरोनेट सेवा प्रदायक संस्थाले आजसम्म कुनै क्षतीपुर्ती दिएको छैन । अनेक बहाना र आनाकानी गरेर सेवा प्रदायक संस्थाले टार्न खोजिरहेको पीडित सुनुवारले गुनासो गरे ।

अहिले त्यो भैंसी किन्न जादा एक लाख ५० हजार भन्दा बढी पर्छ, १ लाख २० हजार क्षतीको मुचुल्का वडा अन्तरगतको भेटेनरीले नै निकालेको छ तर, एक सुका पनि क्षतिपुर्ती मैले पाएको छैन पिडित सुनुवारले अंकपत्र सङ्ग गुनासो पोखे । सुनुवारले आफुले तत्काल उचित क्षतीपुर्ती रकम पाउनुपर्ने बताएका छन ।

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार १८:४४

प्रतिक्रिया दिनुहोस्