तिनपाटन गाउँपालिका र हेफरको सहयोगमा कृषी सामाग्री हस्तान्तरण

सिन्धुली – जिल्लाको तीनपाटन गाउँपालिका अन्तर्गत विभिन्न वडाका तरकारीखेती गर्ने कृषकलाई सोमबार एक कार्यक्रमका बिच कृषी औजार, तरकारिको बिउ लगायतका सामाग्री बितरण गरिएको छ । व्यावसायिक तरकारी खेती गर्ने कृषकलाई सहयोग गर्ने उदेश्यले उक्त सामाग्री बितरण गरिएको हो ।

तीनपाटन गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राबिधिक सहयोग र हाम्रो प्रयास नेपालको सजिकरणमा सञ्चालित कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलाता साझेदारी विकास परियोजना अन्तर्गत व्यावसायिक तरकारी खेती गर्ने कृषकलाइ उक्त सामाग्री बितरण गरिएको परियोजनाले जनाएको छ ।

तीनपाटन गाउँपालिकाको वडा नम्बर ४, १० र ११ का मुल समूह तथा पाँच उपहार समुहका १९ सदस्य कृषकलाई कृषि औजार र सामाग्री गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले एक कार्यक्रमका बिच हस्तान्तरण गर्नुभएको हो । साथै, समुदायस्तरमा रहि ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताको तालिम लिइ हाल बिभिन्न वडामा कार्यरत सामुदायिक कृषि भेटेरिनरी उद्यमी (केभ) हरुलाई समेत भेटेरिनरी उपकरण तथा औषधी उपहार हस्तान्तरण गरिएको छ ।

करेला, खुर्सानी, काउली लगायत तरकारिका बिउ र टनेल प्लास्टिक, युभी स्टेकिङ रप, स्प्रे ट्यान्की लगाएतका कृषि सामाग्री हस्तान्तरण गर्दै गाउँपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले हस्तान्तरित कृषि सामाग्रीले व्यावसायिक तरकारी खेती गर्न इच्छुक कृषकको मनोबल बढ्ने बिश्वास ब्यक्त गर्दै बाकी अन्य वडाहरुमा समेत तरकारी खेती गर्ने कृषक सदस्यहरुलाई वडा मार्फत उपहार प्रदान गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थापामगरको अध्यक्षतामा आयोजित उपहार प्रदान कार्यक्रम गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर बस्नेत, हाम्रो प्रयास नेपालकी अध्यक्ष गंगा दाहाल, हेफर इन्टरनेशनल नेपालको बरिष्ठ कार्यक्रम प्रबन्धक दिपेश पोखरेल, कार्यक्रम अधिकृत ठाकुर खड्का, परियोजनाका डा.प्रबिण खड्का, पशु सेवा शाखा प्रमुख जयन्त कार्की, वडा नं. ४, १० र ११ का वडा अध्यक्षहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

गाउँपालिकामा महिला तथा युवाहरुलाई उद्यम विकास गराउने लक्षका साथ कृषि तथा पशुपालन विकास कार्यक्रम मार्फत आर्थिक विकास गर्ने उद्धेश्यले तीनपाटन गाउँपालिकाको ११ वटै वडामा हेफर इन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक साझेदारी र हाम्रो प्रयास नेपालको सहजिकरणमा बिगत ०७९ पौषदेखि उक्त परियोजना संचालनमा रहेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार १६:०५

प्रतिक्रिया दिनुहोस्