कबि बन्ने हुटहुटीमा जन्मिएको ‘शहरक भीडमे एसगर हम’

काठमाडौं । साहित्यकार माझ धर्मेन्द्र विह्वलका रुपमा परिचित पत्रकार धर्मेन्द्र झाले मैथिली साहित्यको दस्तावेजमा अर्को एउटा कृति थपेका छन्– ‘शहरक भीडमे एसगर हम’ अर्थात् ‘सहरको भीडमा एक्लो म’ । 

विह्वलले साहित्य यात्रा मैथिली कविताको छैटौँ शृंखलाका रूपमा यो कृति प्रकाशित गरेका छन् । यो कृतिमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । सहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।

यस कृतिमा कवि विह्वलले कवितामार्फत सहर सपना र सहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा आफैँले भोगेका अनुभव समेटिएको विह्वलले बताए । कृतिको भूमिकामा नेपाल संगीत तथा प्रज्ञा प्रतिष्ठान प्राज्ञ परिषद्का पूर्वसदस्य रमेश रञ्जनले विह्वलका प्रकाशित सबै कृतिका आधारमा उनी कविता र साहित्य लेखनका सबै विधामा उत्तिकै माहिर रहेको बताएका छन् ।

उनले उल्लेख गरेका छन्, ‘विह्वलका रचनामा शब्दमात्रै छैनन, त्यहाँ भावना, अनुभव र संवेदना पनि उत्तिकै सान्दर्भिक छन् ।’

मैथिली कविताको छैठौँ शृंखलाका रूपमा प्रकाशित यो कृति यसकारण पनि विशेष छ कि यसमा एकै शीर्षकमा ५१ वटा कविता अटाएका छन् । शहर शीर्षक दिइएका ५१ वटा कविता २०४७ सालदेखि २०६६ सालको बीचमा विभिन्न मितिमा लेखिएका छन् ।

यस कृतिमा कवि विह्वलले कवितामार्फत शहर सपना र शहरको वास्तविकता खोतल्ने प्रयास गरेका छन् । अधिकांश कवितामा उनले आफैँ भोगेका अनुभव समेटिएको विह्वल बताउँछन् ।

‘मैले पत्रकार र साहित्यकार बन्ने हुटहुटीले शहर बसाइका बीचमा जे भोगेँ, जे देखेँ, त्यही नै कविताका रूपमा उतारेको हुँ,’ विह्वलले भने, ‘साहित्य कल्पनामात्रै होइन, यसमा कही न कहीँ वास्तविकताको अंश पनि हुन्छ, यसमा त्यही प्रयुक्त छ ।’

हालको मधेस प्रदेशमा जन्मे–हुर्केका विह्वलले करियरको सपना देख्दै देशका विभिन्न शहर चहार्दा देखेको शहरलाई यसरी उतारेका छन् कवितामार्फत्–

भोर–साँझमे कोनो भेद नही
झुमि उठैए मदिरालय
भरल भीड अछि
एतह मलेछक
आऊ उठाबी एक प्याला
शहर खास ई मद्यपानक
मदिरा ताकए शब्द अनेक
सभकेओ आबए सभकेओ भागए
केओ नहि अपन एकर एक ।

अर्थात्

बिहान–साँझमा कुनै भेद छैन
झुम्छन् हाम्रा मदिरालय
सर्वत्र भिड छ
यहाँ दुष्टको
आऊ उठाउँ एक प्याला
शहर ठाउँ यो मद्यपानको
मदिराले खोज्छ शब्द अनेक
सबै आउँछन् सबै जान्छन्
कोही छैन यसको एक ।

प्रकाशित मिति : १५ पुष २०८०, आईतवार १८:३२

प्रतिक्रिया दिनुहोस्