गोबर र बड्कुला ल्याएर सिन्धुलिमा जैबिक मल उत्पादन गरिने

सिन्धुली । सिन्धुलीका युवा उद्यमी सिताराम पहाडीले जैविक मल उत्पादन कार्यलाइ अगाडि बढाएका छन । पहाडीले करिब ५० लाख रुपैया लगानीमा कमलामाई नगरपालिका–५ सिलामेमा गाँईबस्तुको गोबर र बड्कुला प्रयोग गरी जैबिक मल उत्पादन शुरु गरेका हुन ।

करिब तीन महिना अघिदेखि सुरु गरेको जैबिक मल उत्पादनको ल्याब परिक्षणको नतिजा अहिले पर्खिरहेको उद्यमी पहाडीले बताए ।

पहाडी भन्छन, “हामीले उत्पादन गरेको जैविक मलको गुणस्तर परिक्षणको नतिजा पर्खिरहेका छौं । साउन ३१ गते नार्क र जैविक प्रयोग शालामा गु णस्तर परिक्षण गर्न पठाएका थियौं । बीचमा काठमाण्डौमा जारी भएको निषेधाज्ञाले कार्यालय बन्द भएकाले रिपोर्ट आउन ढिलाई भएको छ । अब दुईचार दिनमा आउछ ।”

उद्यमी पहाडीले सिलामेमा एउटा होल्डिङ सेन्टर समेत निर्माण गरेका छन । जहाँ जिल्लाभरीका खसीबाख्रा किनबेचका लागि होल्डिङ गरेर राखिने पहाडी बताउछन । किसान र ग्राहकबीच खसी किनबेचमा सहजीकरण गर्ने उद्देश्यले होल्डिङ सेन्टर बनाइएको पहाडिको भनाई छ ।

सोही ठाँउमा अहिले जैबिक मल बनाउने खाल्डो अहिले तयारी अबस्थामा छ । त्यहाँ देशभरबाट ल्याइएको गोबर र बाख्राका बडकुलाबाट जैविक मल बनाउने तयारी गरिएको छ ।

तराईका पाँच/छ जिल्लामा गोबर खोज्न एजेन्ट तयार गरिसकेको पहाडीले बताए । जिल्ला भित्रैबाट कसैले प्लास्टिकमा गोबर बोकेर आएमा तुरुन्तै पैसा दिने उनको भनाई छ । बन्दै गरेको जैविक मल योजना ल्याब परीक्षणमा सफल भए दशैपछिबाट बिक्रीमा आउने पहाडीले बताए । माटोलाई खुकुलो र उर्बर बनाउन तथा बिरुवालाई उम्रन, हुर्कन, बढ्न र फल लाग्न विभिन्न किसिमका तत्वहरुको आबश्यकता पर्दछ ।

त्यसलाई अनुकूल हुने गरी जैबिक जिबाणु बनाएर गाइभैसीको मल तथा बोकाबाख्राको बड्कुलालाई जैबिक विधिबाट १५ दिन एउटा खाल्टोमा घाम पानी हावा केहीले नभेट्ने गरी राखिन्छ । अनि, १५ दिनपछि अर्को खाल्डोमा पल्टी गरिन्छ । ३० दिनमा उक्त मल पाकिसकेको हुन्छ ।

उक्त जैबिक मलले माटोको संरचना सुधार गरी बालीनालीलाई चाहिने आवश्यक तत्वहरुलाई परिपूर्ति गर्दछ । यसका साथै बोटबिरुवाहरु हुर्कन बढ्न फल लाग्न अति आवश्यकीय तत्वहरुको परिपूर्तिसमेत गर्ने उनको भनाई छ ।

युवा उद्यमी पहाडीको टोलीले फरक–फरक ग्रेडको मल बनाउने तयारी गरेको सुनाए । उनले भने, “हामीले बनाउने जैबिक मलले माटोको संरचना सुधार गरी बालीनालीलाइ चाहिने आवश्यकीय तत्वहरुलाई परिपूर्ति गर्दछ । यसका साथै बोटबिरुवाहरु हुर्कन, बढ्न, फल लाग्न अति आवश्यकीय तत्वहरुको परिपूर्ति समेत गर्दछ ।”

यस्तो मल उत्पादनका लागि सरकारबाट प्रोत्साहन हुँदै जाने हो भने हजारौले देशमै रोजगारी पाउने पहाडीको तर्क छ । उनले भने, “किसानहरुमा आर्थिक समृद्धि ल्याउन पनि यो जैविक मल अभियानले सहयोग पुर्‍याउनेछ ।”

पहाडीको टोलीले जैविक मलसँगै पिसाब संकलन गरेर झोल मल समेत बनाउने योजना राखेको छ । सिन्धुलीका स्थानीय जडिबुटीको प्रयोग गरी बोट बिरुवाको लागि औषधि समेत बनाउने योजना पहाडीले राखेका छन ।

पहाडीको टोलीले तयार गरेको मल २ किलो र ५ किलोको प्याकेट बनाएर डिपार्टमेन्ट स्टोरहरुमा समेत बिक्रीको लागि राखिने योजनामा उनीहरु छन् । मल यसरी सुपरमार्केटमा बेच्न राख्दा घरको छतमा खेती गर्ने परिवार र करेसाबारीको बगैँचा खेती गर्ने नागरिक समेतलाई राहत मिल्ने पहाडीको दाबी छ ।

पहाडीको टिममा मोहन प्रसाद पौडेल समेत छन । उनि ११ बर्ष ब्राजिलमा बसेर आएका हुन । पौडेल स्पेसल बाख्राबिज्ञ रहेका पहाडीले बताए । आफ्ना सहकर्मीबारे युवा उद्यमी पहाडी भन्छन, “पौडेल जीले त बाख्राको आबाज सुन्दा समेत उसले भन्न खोजेको कुरा बुझ्नुहुन्छ । बोका बाख्रा हेरेरै उहाँले उसको उमेर पत्ता लगाउनुहुन्छ ।”

प्रकाशित मिति : २ आश्विन २०७७, शुक्रबार १५:०६

प्रतिक्रिया दिनुहोस्