कृषि, स्वास्थ्य र शिक्षालाई मुख्य प्राथमिकतामा राखेका छौं

सिन्धुलीको कमलामाई नगरपालिका जिल्लाकै नौ स्थानीयतह मध्ये ऐतिहासिक तथा धार्मिक महत्व बोकेको नगरपालिका हो । यस नगरपालिका ४८२.५७ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यस नगरपालिकाको भू–भाग, चुरे क्षेत्र देखि महाभारतको उच्च शृङ्खलासम्म विस्तारित छ । नेपालको प्रसिद्ध कमला नदीको उद्गम स्थलमा रहेको कमलामाई नदीको नामबाट यस नगरपालिकाको नामाकरण गरिएको हो । वि.सं.२०५३ सालमा तत्कालीन सिद्धेश्वर र भिमान गाउँ विकास समितिको समायोजन गरी कमलामाई नगरपालिका घोषणा गरिएको थियो ।

“स्वच्छ, सफा र समृद्ध शहर, हिमाल र तराईको मिलनबिन्दु कमलामाई नगर” भन्ने मूल नारा बोकेको यस नगरपालिका प्राकृतिक स्रोत, साधन र सुन्दरताले भरिपूर्ण छ । १४ वडामा फैलीएको यस कमलामाई नगरपालिकालाई कृषि, शिक्षा, स्वास्थ्यसँगै पयर्टनका दृष्टिले अत्यन्त सम्भावना बोकेको नगरपालिकाको रुपमा लिन सकिन्छ । कृषिमा आत्मनिर्भर, सफा, स्वच्छ र हरित नगरका रूपमा नगरलाई विकास गर्ने लक्ष राख्नुभएको यस नगरपालिकाका नगर प्रमुख उपेन्द्रकुमार पोखरेलसँग पत्रकार पुस्कर थापाले गर्नुभएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

नगर प्रमुख निर्वाचित भएको एक वर्ष ९ महिना वितिसकेको छ, अहिलेसम्म के कस्ता कामहरु गर्नुभयो ?

हो, मैले नगर प्रमुखमा निर्वाचित भएर कार्यभार सम्हालेको करिव करिव एक वर्ष ९ महिना वितिसकेको छ । यहाँ सम्म आईपुग्दा म संग मेरा आँखा अघिल्तिर दुई चुनौतीहरु खडा छन् ।

दुई मध्ये एक यो भन्दा अघिका जनप्रतिनिधीले शुरु गरेर अपुरो रहेका योजनालाई निरन्तरता दिनु र आफुले परिकल्पना गरेका योजनाहरुलाई कार्यान्वयनको चरणमा लैजानु । मैले अघिल्लो कार्यकालको नगरप्रमुले अघि सारेका अधुरा कामलाई समेत आफ्नो कार्यकालमा पुरा गर्ने योजना बनाएको छु ।

सामान्यतया फरक पार्टिको आस्था वोकेको जनप्रतिनिधीले अघि सारेको कामलाई तपाँइले किन अर्कोलाई जस दिन पुरा गर्नुप¥यो भनेर धेरैले गुनासो पोख्ने गर्नुभएको छ । तर, म के कुरामा ढुक्क छु भने हामी जनप्रतिनिधीले पार्टी र व्यक्तिभन्दा माथी उठेर साझा आँखाले समग्र नगरको विकास र समृद्धीलाई हेरिनुपर्दछ ।

यस वर्षको बजेट विनियोजन कार्य केहि महिना अघि मात्रै सकिएको छ, बजेट निर्माण र कार्यान्वयनका चुनौति के कस्ता हुँदा रहेछन ?

नगरपालिकाको केहि महिना अघि मात्रै नगरसभाको १३ औं अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०-८१ का लागि नगरको नीति, कार्यक्रम र बजेट पारित भई अव कार्यान्वयनको चरणमा रहेको छ । निर्वाचन पछिको यो दोश्रो नीति, कार्यक्रम र बजेट भएकाले स्थानीय तहका विभिन्न चुनौतीहरु तथा अवसरहरुलाई नजिकबाट नियाल्न र समस्याहरुको पहिचान तथा समाधानका मार्ग पहिल्याउँन पहिलो वर्ष निकै फलदायी रह्यो । नगरले लिएको नीति र नीतिमा आधारित बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट नै नगरको विकास र समृद्धी पहिल्याउन सकिन्छ ।

वडा तथा वस्ती स्तरबाट जनताले आवश्यकता बोध गरी माग भई आएका योजना, कार्यक्रमलाई प्राथमिकताका साथ राखि नीति, कार्यक्रम र बजेट तयार गरिएको छ । उच्च व्याजदर, घट्दो राजश्व परिचालन, देशको आयात निर्यात व्यापारमा देखिएको असन्तुलनले गर्दा आर्थिक सुस्तताको चपेटामा हामी रहेको विद्यमान परिवेशमा कमलामाई नगरपालिकाको पुँजीगत खर्चमा भएको बढोत्तरीले नगरका विभिन्न पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक क्षेत्र लगायतको विकासमा सकारात्मकता ल्याउने विश्वास लिएको छु ।

नगरको आवश्यकता र जनताको अपेक्षा त अनपेक्षित नै छन होला, कसरि अघि वढिरहनुभएको छ ?

म निर्वाचित भएपछी धेरै योजनाहरु कार्यान्वयनको चरणमा छन् । नगरको आन्तरिक राजश्व संकलनको लक्ष्य अनुसार राजश्व संकलनको निम्तीे नदीजन्य पदार्थ उत्खनन्, बिक्री वितरण ठेक्का साथै बसपार्क ठेक्का, हाटबजार ठेक्का, विज्ञापन कर ठेक्का, कवाडी ठेक्का जस्ता आय ठेक्काबाट राजश्व संकलनको काम भएको छ । बहुवर्षीय रुपमा निर्माणाधीन सिटी हलको निर्माण अन्तिम चरणमा पुगेको छ । आफ्नो वडा कार्यालय भवन नभएका वडाहरुमा नयाँ वडा कार्यालय भवन निर्माण गर्ने नीति अनुरुप चालु आर्थिक वर्षमा वडा नं. १३ बाट वडा कार्यालयको भवन निर्माण कार्य शुरु भएको छ ।

महत्वपूर्ण आयोजनाहरुको डी.पी.आर. गरी कार्यान्वयन गर्ने कार्यलाई चालु आर्थिक वर्षमा अघि बढाइएको छ । नगरपालिकामा आफ्नै सर्भर जडान गरी आफ्ना सूचना तथ्यांकहरु सुरक्षित गर्ने कामको सुरुवात भएको छ । सामुदायिक विद्यालयमा कक्षा ७ (सात) को लागि समेत दिवा खाजाको व्यवस्था गरिएको छ । सामुदायिक विद्यालयमा बहुकक्षा बहुस्तर साझेदारी शिक्षा कार्यक्रमको शुरुवात गरिएको छ । सामुदायिक क्याम्पसको गुणात्मक विकासको लागि नगरपालिकाले सामुदायिक क्याम्पस अनुदानको व्यवस्था गरेको छ ।

कृषि यान्त्रिकीकरण अन्तर्गत किसानहरुको लागत सहभागितामा विभिन्न यन्त्र उपकरण वितरणको कार्य गरिएको छ । पशुपंछीहरुको रोगको उपचारको लागि पशु ल्याव सञ्चालनम ल्याई चिकित्सकीय सेवा सुचारु गरिएको छ । शहरी क्षेत्रको फोहोरमैला व्यवस्थापन गर्न विभिन्न क्षेत्रमा गारवेज कन्टेनर राख्ने कार्य भैरहेको छ । नगरपालिकाका विभिन्न उद्यमीहरुको मागमा आधारित लागत साझेदारीमा प्रविधि हस्तान्तरण कार्य भएको छ । नगरमा सञ्चालित अटोको पार्किङ्ग व्यवस्थापन गर्न अटो पार्क निमार्णको काम शुरु भएको छ ।

सिन्धुली अस्पतालमा विशेषज्ञ डाक्टरको लागि प्रोत्साहन प्रदान गर्न नगरपालिकाबाट प्रोत्साहन भत्ता उपलब्ध गराउने कार्यको थालनी गरिएको छ । नगर क्षेत्रका नदीखोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन्, संकलन र बिक्री कार्यको लागि प्रारम्भिक वातावरणी परीक्षण क्ष्भ्भ् गर्ने काम भैरहेको छ । बसपार्कमा ट्रस निर्माणको काम सम्पन्न भएको छ । विपन्न मजदुरहरुलाई निःशुल्क स्वास्थ्य बीमा गर्ने काम वडाहरुको सिफारिसमा सम्पन्न भएको छ ।

नगरपालिका भित्र सेवाग्राहीहरुलाई विश्राम स्थान सहितको हेल्प डेस्क सञ्चालनमा ल्याइएको छ । सिलामे वेलटार र डाँडाटोल दोभान कालोपत्रे सडक निर्माणको काम भैरहेको छ । पौवागढी सिन्धुलीगढी फुट्पाथ निर्माण काम सम्पन्न भएको छ । रानीखोला डिप वोरिङ्ग खानेपानी निर्माणको कार्य सम्पन्न भएको छ । २९. सामाजिक सुरक्षा भत्तालाई लाभग्राहीको सिधै खातामा भत्ता रकम जम्मा हुने विद्युतिय प्रणाली भ्ँत् लागू गर्ने काम अघि बढेको छ ।

यी त भए केहि विगतका योजनालाई निरन्तरता र केहि नयाँ शुरुवात, यो वर्षको वजेटमा तपाँईका मुख्य प्राथमिकताका योजनाहरु चाँही के कस्ता छन ?

प्रथमत नगर कार्यपालिकाको व्यवस्थित प्रशासनिक भवन नहुँदा कार्यालयबाट जनतालाई सेवा प्रवाहमा विभिन्न समस्याहरु झेल्नु परिरहेको छ । जनतालाई सहज ढंगले गुणस्तरीय सेवा प्रवाह गर्न प्रशासनिक भवनको निर्माणको अपरिहार्य देखिएकोले आ.व.२०८०-८१ बाट व्यवस्थित प्रशासनिक भवन निर्माणको कार्य शुरु गर्नेछु । वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागी बहुबर्षीय कार्यक्रम राखिएको छ ।

बढ्दो शहरीकरण र फोहोरमैलाको उचित व्यवस्थापन गर्न डम्पिङ साइट निर्माण, पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्दै लैजाने नीति अनुरुप चदाहा टप्पु क्षेत्र पर्यटकीय पूर्वाधार अन्तर्गत ताल निर्माण, आगलागिको विपद् व्यवस्थापनका लागि दमकल खरिद साझेदारी कार्यक्रमका लागी वजेट विनियोजन गरिएको छ ।

खेलकुदको प्रबद्र्धन र विकासका लागि खम्बेचौर प्याराफिट निर्माण कमलामाई नगरपालिका वडा नं. ६ मा अटो पार्क निर्माण, सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सुविधा र सहजताका लागि छात्रवास निर्माण, बढ्दो शहरीकरण र वातावरणीय प्रभावलाई ध्यान दिदै यस नगरक्षेत्रमा तरल फोहोरलाई व्यवस्थापन गर्ने स्लज ट्रिटमेन्ट केन्द्र निर्माण यसै वर्ष सम्पन्न हुनेछ । ग्वाङ करिडोर निर्माणलाई, सिन्धुलीगढीको पर्यटन पूर्वाधार विकास कार्यलाई निरन्तरता दिदै पर्यटन अभिवृद्धीका लागि सिन्धुलीगढी क्षेत्रमा बालउद्यानको निर्माण गरिनेछ ।

बसपार्क स्टल निर्माण, कमलामाई मन्दिर पूर्वाधार निर्माणका, विपन्नता न्युनिकरण गर्न विपन्न लक्षित कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नं. १, वडा नं. ११, वडा नं.१२, वडा नं. ८ र वडा नं. १३ मा लक्षित विपन्न परिवारलाई वाख्रा अनुदान कार्यक्रम सञ्चालनमा ल्याईनेछ । हाइ मास्ट लाईट तथा सि.सि. क्यामरा विस्तार, पुँजिगत अनुसन्धान तथा परामर्श कार्य (डि.पि.आर.) लगायतका योजनाहरुलाई यस वर्ष प्राथमिकतामा राहेको छु ।

योजना निर्माण र कार्यान्वयनमा प्रदेश र संघिय सरकारसंग कत्तिको समन्वय गर्ने गर्नुभएको छ ?

नेपालको संविधान (२०७२) अनुसार नेपालको मूल संरचना संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको रहेको छ । यी तीन सरकारले राज्यशक्तिको प्रयोग आपसी समन्वयको आधारमा गर्ने व्यवस्था भए अनुरुप विकासका हरेक गतिविधिहरुमा तीनवटै सरकारको समन्वय हुन आवश्यक छ ।

संघ र प्रदेश सरकारबाट स्थानीय सरकारसंग समन्वय नहुँदा कतिपय विकास निर्माणका काममा दोहोरोपना आउने, आवश्यकताका आधारमा बस्तुनिष्ट ढंगले विकास आयोजना छनौट नहुने समस्या स्थानीय तहहरुले भोग्नुपरिरहेको छ । स्थानीय तहको सर्वोपरि विकासमा संघीय सरकार र प्रदेश सरकारसँग समन्वय, सहकारिताका साथ अघि बढ्न म नगरप्रमुख भएको हैसियतले र नगपालिका सदैब प्रतिबद्ध रहेको छ ।

कमलामाईको वृहत्तर विकासको लागी के कस्ता चुनौतीहरु देख्नुभएको छ ?

यो नगरपालिका आफ्नै मौलिक परम्परा, संस्कृति, सामाजिक तथा धार्मिक क्षेत्रको जगेर्ना गरी अगाडि बढेको नगरपालिका हो । शहरीकरणको लागि आवश्यक पूर्वाधारको व्यवस्था सहित नगरपालिका यस क्षेत्रमा परिवर्तनको उदाहरण र सम्वाहक पनि बनिरहेको छ ।

नेपालको संघीय पूनर्संरचना अनुरुप साविकको कमलामाई नगरपालिकामा डाढीगुराँसे, भद्रकाली, जलकन्या, रानीचुरी र रानीबास गाउँ विकास समितिहरु समावेस गरी विस्तार गरिएको हो । कमलामाई नगरपालिकालाई चौध वडामा विभाजन गरिएको छ । विकासका हिसाबले नगरपालिकाको १० र १२ नं. वडा बाहेक सबै वडाहरुलाई राजमार्गले छोएको छ ।

नेपाल र वेलायतको “इस्ट इन्डिया कम्पनी” बीच भएको ऐतिहासिक युद्धको ऐतिहासिक जिवन्त स्मारक सिन्धुलीगढी पनि यसै कमलामाई नगरपालिकामा पर्दछ । यहाँको जैविक विविधता, भौगोलिक भु–वनावट, खोल्सा तथा नदि कटान र यसको नियन्त्रण, वनजंगलको संरक्षण, पुर्वाधार निर्माण, खानेपानी, स्वास्थ्य र शिक्षाको समुदायमा पहुँच यस नगरपालिका लाई समृद्ध वनाउने मुख्य सुचकहरु हुन र साथै यसका मुख्य चुनौतीहरु पनि यिनै हुन ।

यहाँको धार्मिक तथा पर्यटकिय क्षेत्रको बारेमा पनि थोरै भनिदिनु हुन्छ की ?

कमलामाई नगरपालिकाको वडा नं. २ र ३ को सिमानामा ऐतिहासिक सिन्धुलीगढी क्षेत्र अवस्थित छ । जुन सिन्धुलीको मात्रै नभएर नेपालकै ऐतिहासिक विरता बोकेको पर्यटकिय स्थल हो । भद्राकाली मन्दिर कमलामाई नगरपालिका वडा नं. २ मा रहेको वि.पी.राजमार्ग सँगै रहेको छ । यो मन्दिरलाई गोर्खालीकी भगवती मनकामनाको बहिनी भनेर पनि विभिन्न लेखहरुमा पाइन्छ । माइस्थान समेत भनिने कमलामाई मन्दिर यसै कमलामाई नगरपालिकामा रहेको छ ।

यस मन्दिर जिल्ला सदरमुकामबाट बहने गौमति खोला र कमला खोलाको संगम स्थलमा अवस्थित छ । कमलामाई नगरपालिका वडा नं. ४ मधुटारमा अवस्थित कालीमाई मन्दिरमा रहेकी कालीमाईलाई शक्तिको प्रतिकको रूपमा भक्तजनहरूले मान्ने गरेको पाइन्छ । यस मन्दिरमा माघे सङ्क्रान्तिको पर्वमा भब्यमेला लाग्ने गर्दछ । कमलामाई नगरपालिकाको वडा नं. २ मा गणेशस्थान पर्दछ ।

त्यस्तै सिन्धुलीको प्रसिद्ध धार्मिक स्थल सिद्धबाबा महादेवको मन्दिरमा आन्तरिक पर्यटक आउने क्रम बढेको छ । सदरमुकाम सिन्धुलीमाढीबाट करिब २ किलोमिटर उकालो चढेर पुग्न सकिने मन्दिरमा शिवरात्री, माघेसङ्क्रान्ति, तीज र जनैपूर्णिमामा मेला लाग्ने गर्दछ । सिद्धबाबा मन्दिर क्षेत्रमा भ्यूटावरको निर्माण भएकाले धार्मिकका साथै पर्यटकीय आकर्षण समेत बढेको छ । दशैंको फुलपातीको दिन मेला लाग्ने रक्तमाला मन्दिर यसै नगरपालिकाको वडा नं. ४, को बँगैचाटोलमा अवस्थित छ ।

नेपालकै तेस्रो धेरै फुलपाती चढाइने मन्दिरको रुपमा परिचित यस मन्दिरमा नेपाली सेनाद्वारा फुलपाती भित्राइ धुमधाम रुपमा मनाउने गरिन्छ । यस नगरपालिकाको ७ नं. वडा बुद्ध नगरचोक स्थित श्री उर्गेन छ्योईलिङ गुम्बाको स्थापना सिन्धुलीका पुराना राजनीतिज्ञ तथा समाजसेवी स्व. श्री लाल बहादुर घिसिङको अगुवाईमा वि.सं. २०५३ सालमा भएको छ ।

यो गुम्बा कमलामाई नगरपालिका भित्रका पुरानो गुम्वाहरु मध्येको एक हो । आजाद स्मृति पार्क (चदाहा पिक्निक स्पट) कमलामाई नगरपालिका वडा नं. १० र वडा नं. १३ को सिमानामा चदाहा खोलाको टप्पु क्षेत्रमा यो पार्क अवस्थित छ । यस क्षेत्रमा कमलामाई नगरपालिका र प्रदेश सरकारको लगानीमा पिक्निक स्पट, ट्रि भ्यू टावर, मन्दिर लगायतका विभिन्न संरचनाहरु निर्माण भएका छन् ।

अन्त्यमा, आगामी तपाँइको लक्ष ?

मैले अघिपनि भने म नगरप्रमुख भएको हैसियतले गर्नुपर्ने कार्य धेरै छन् । विस्तृत रुपमा चाहीँ म योजनाहरु सम्पन्न भएपछि नै भनौला । तर शिर्षकवाईज रुपमा भन्नुपर्दा नगरको आर्थिक बिकासको निम्ती मुख्यगरी कृषिलाई प्राथमिकतामा राखेको छु ।

साथै पशुपालन, शिपमुलक उद्योग तथा व्यापार, पर्यटन र सहकारी, खानि तथा खनिज, रोजगार प्रवद्र्धन तथा गरिवि न्युनिकरण, सामाजिक बिकास सम्वन्धी स्वास्थ्य सेवा, शिक्षा, संस्कृति प्रवद्र्धन, लैङ्गिक समानता, सामाजिक समावेशिकरण, खेलकुद, पुर्वाधार विकास अन्र्तगत सडक, यातायात, विद्युत, खानेपानी तथा आवास, सञ्चार, बन वातावरण, फोहोरमैला तथा विपद व्यवस्थापन, सुशासन तथा संस्थागत विकास र सेवा प्रवाह लगायतको क्षेत्रमा रहेर आप्mनो वाकी कार्यकाल पुरा गर्ने र यस नगरलाई एउटा हराबरा र समृद्ध नगर बनाउने लक्ष राखेको छु ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार ०५:३०

प्रतिक्रिया दिनुहोस्