मुटुरोगी ७ सय १९ जनाले एकैदिन निशुल्क स्वास्थ्य उपचार पाए

सिन्धुली – नेपाल तरुण दल सिन्धुलीको आयोजनामा शुक्रवार जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा आयोजित एकदिवसिय नि:शुल्क मुटु रोग बिशेषज्ञ शिविरमा स्थानिय ७ सय १९ जनाले सेवा लिएका छन ।

हरिहरपुरगढी गाउँपालिका वडा नं २ झनझनेमा आयोजित नि:शुल्क स्वास्थ्य बिशेषज्ञ शिविरमा बर्षौदेखी मुटु रोगबाट ग्रसित बिरामी तथा आर्थिक अभाबका कारण अस्पतालसम्म गएर उपचार गराउन नसकिरहेका सर्बसाधारणले नि:शुल्क स्वास्थ्य उपचार गराएर शिबिरबाट लाभ लिएका हुन ।

खासगरी ग्रामिण भेगका सर्वसाधारणलाई मुटु सम्बन्धी रोगबारे चेतना जगाउने र मुटु सम्बन्धीत रोगबाट ग्रसित स्थानियलाई निशुल्क स्वास्थ्य उपचार गराउन सहयोग होस भन्ने उदेश्यले शिविर संचालन गरिएको तरुण दल सिन्धुलीका अध्यक्ष सहदेव मैनालीले जानकारी दिए ।

मुटु रोग बिशेषज्ञ शिविरको उद्घाटन नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङ्गले गरेका हुन । शिबिर उद्घाटनको क्रममा गुरुङ्गले तरुण दल राजनैतिक दल सम्मीलित संगठन मात्रै नभइ एक सामाजिक संस्थाको रुपमा पनि स्थापित रहेको बताए ।

नेपाल तरुण दलले सामाजिक सेवा-भाबमा केन्द्रित गतिविधिहरुलाई आत्मसाथ गरेको जनाउदै गुरुङले जस्तोसुकै परिस्थितिमा जनताको सेवा गर्न तरुण दल प्रतिबद्ध रहेको उल्लेख गरे ।

जाजरकोटमा भुकम्पको कारण घरवार बिहिन बनेकाहरुलाई अस्थायी टहरा बनाउन तरुण दलले महत्वपुर्ण भुमिका निर्वाह गरेको स्मरण गर्दै गुरुङले आबस्यक्ता अनुसार सिन्धुलीमा अन्य सेवा सहितको सामाजिक कार्य गर्न समेत तरुण दल तयार रहेको बताएका छन ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार ०५:५४

प्रतिक्रिया दिनुहोस्