सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव भब्यताका साथ सम्पन्न

काठमाण्डौ – काठमाडौं स्थित सेन्ट जुलियन इङ्गलिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न गरेको छ ।

काठमाडौ चाबहिल स्थित सेन्ट जुलियन स्कुलको १५ औं वार्षिक उत्सव काठमाडौं क्षेत्र नम्बर -३ का सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।

प्रमुख अतिथि तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले स्कुलले १५ औं बार्षिक उत्सव मनाइरहदा बधाई ज्ञापन ब्यक्त गर्दै वर्तमान अवस्थामा निजी विद्यालयलहरुले नेपालको शैक्षिक उन्नयनमा खेलेको भूमिकाबारे खुलेर प्रसंशा गरे । उनले विद्यालयको संरक्षणका लागि आफू सँधै विद्यालय र बिद्यार्थीकै साथमा रहेको र आउने दिनमा पनि रहिरहने प्रतिवद्धता ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष तथा प्रधानाध्यापक समेत रहेका सुजन बरालले जोसुकै अभिभावकको बालबच्चाले आर्थिक अवस्था न्यून भएको कारण पढाइबाट बन्चित हुनु पर्ने अवस्थालाई अन्त्य गर्ने मनसायले बिधालय संचालन भइरहेको उल्लेख गरे ।

उनले भने, ‘बिधालयले आर्थिक अबस्था न्यून भएकै कारण बोर्डिङ स्कुल पढ्न नसक्नेहरुका लागि ५० प्रतिशत सम्म छुटमा बिद्यार्थीलाई अध्ययन अध्यापन गराउँदै आएको जानकारी दिए ।

बरालले बोर्डिङ स्कुललाई अंग्रेजीमैत्रीको रुपमा मात्रै चिनिने गरिएकोमा यस विद्यालयले नेपाली विषयलाई समेत त्यतिनै महत्व दिएर पठनपाठन गराइरहेको जनाए । उनले आफूले सदैव विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गर्ने लक्ष्य राखेको बताए ।

प्रधानाध्यापक सुरेन्द्र मगरको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका छात्र-छात्राहरुले विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । सो अवसरमा विद्यालयका जेहेन्दार विद्यार्थीहरुलाई सम्मान समेत गरिएको प्रधानाध्यापक मगरले जानकारी दिए ।

कार्यक्रममा स्थानीय सरस्वती सुधार संघ, रुम्जाटार गुरुङ समाज, स्थानीय बुद्धिजिवी लगायतको बाक्लो उपस्थिती रहेको थियो । सेन्ट जुलियन स्कुलमा नर्सरीदेखि कक्षा ८ सम्म २ सय ५० भन्दा बढी विद्यार्थीहरु हाल अध्ययन गर्दै आएका छन् ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार १५:२२

प्रतिक्रिया दिनुहोस्