सिन्धुलीमा फोहोरमैला ब्यबस्थापन सम्बन्धी सडक नाटक प्रर्दशन

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका – १ स्थित पञ्चकन्या मा.बि कुडुले बिधालय परिसरमा बिहिबार सरसफाइसम्बन्धी जनचेतनामूलक सडक नाटक प्रस्तुत गरिएको छ । कमलामाई नगरपालिकाको आयोजना तथा भाइब्रेसन मिडियाको संयोजनमा उक्त सडक नाटक प्रस्तुत गरिएको हो ।

फोहोरमैला ब्यबस्थापन र बाताबरण संरक्षण सम्बन्धी वातावरणीय प्रदूषणले मानव स्वास्थ्य तथा वातावरणमा पर्ने असर र सरसफाइको महत्वबारे सडक नाटक मार्फत सन्देश दिइएको थियो । कार्यक्रममा कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेल सहित विभिन्न संघ–संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

नगरप्रमुख पोखरेलले परिवर्तनको थालनी आफैँबाट सुरु गरिनुपर्ने र जथाभावी फोहोर फाल्ने बानी त्याग्नुपर्ने बताए । कमलामाई नगरपालिका लाई स्वच्छ, सफा र हराभरा बनाउन विभिन्न अभियानहरु नगरपालिकाले सञ्चालन गरिरहेको समेत पोखरेलले बताए ।

भाइब्रेसन मिडियाको संयोजनमा आयोजना भएको सडक नाटक प्रर्दशनीमा राष्ट्रिय कलाकार रामचन्द्र अधिकारी (गोप्ते काजी), सुरेस असिम, दिपिका थापा, सहितका कलाकारको समेत सहभागिता रहेको छ । 

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १४:५७

प्रतिक्रिया दिनुहोस्