रुख ढाल्ने क्रममा ३२ बर्षिया श्रेष्ठको मृत्यु

सिन्धुली – रुख ढाल्ने क्रममा कमलामाइ नगरपालिका–५ मा आज एक व्यक्तिको रुखको हागाले लागेर मृत्यु भएको छ । कमलामाइ नगरपालिका–५ सिलामेका ३२ वर्षीय लोक नारायण श्रेष्ठको रुख काट्ने क्रममा हाङ्गाले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

कमलामाई नगरपालिका -१ तिनतले पाखा स्थित घागरठाकुर सामुदायिक बनमा बनको ठेक्का लागेको चिलाउनेको रुख काट्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए ।  

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार ०७:२७

प्रतिक्रिया दिनुहोस्