एसईईमा सिन्धुलीबाट ५ हजार ३१५ विद्यार्थी सहभागी हुँदै

सिन्धुली – आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुँदै छ । बिहीबारदेखि सुरु हुने परीक्षा २७ चैतसम्म चल्नेछ ।

यस वर्षको एसईईमा देशभरबाट पाँच लाख विद्यार्थी सहभागी हुँदै छन् । जसमा सिन्धुलीबाट पाँच हजार ३१५ जना विद्यार्थीहरू (एसईई) परिक्षामा सहभागी हुँदैछन ।

त्यसमध्ये छात्र २ हजार ५ सय र छात्रा २ हजार ८ सय १५ छन् । शिक्षा समन्वय ईकाइ सिन्धुलीका अनुसार (एसईई) परीक्षाका लागि जिल्लाभर २५ वटा परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ ।

जिल्लामा सामुदायिक बिधालय तर्फ १ सय २३ र संस्थागत तर्फ २२ बिधालय गरि कुल १ सय ४५ वटा बिधालयहरु (एसईई) परिक्षामा सम्मिलित हुदैछन ।

जस अन्तर्गत सामुदायिक बिधालयमा अध्यनरत २ हजार १ सय ७६ छात्र र २ हजार ५८० छात्रा गरि कुल ४ हजार ७५६ परिक्षामा सहभागी हुनेछन भने संस्थागत तर्फ ३ सय २५ छात्र र २ सय ३४ छात्रा गरि कुल ५ सय ५९ परिक्षार्थी सहभागी हुनेछन ।

त्यस्तै कुल परिक्षार्थी मध्ये साधारण तर्फ ५ हजार ११०, प्राविधिक तर्फ १ सय ७९ र ग्रेडवृद्धि तर्फ २६ जना परिक्षार्थी सहभागी हुनेछन ।

माध्यमिक शिक्षा परीक्षालाई ब्यबस्थित र मर्यादित बनाउनको निम्ती कुल परीक्षा केन्द्रहरुमा २५ केन्द्राध्यक्ष, ३३ जना सहायक केन्द्राध्यक्ष, २ सय ६७ जना निरिक्षक, ५२ जना परीक्षा सहायक, १ सय ४ जना सहयोगी कर्मचारी र ३ सय ७५ जना सुरक्षाकर्मी सहित ८ सय ५६ जना जनशक्ति परिक्षामा संलग्न हुने जनाइएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०३:१२

प्रतिक्रिया दिनुहोस्