एकैदिन ७ सयबढी कृयाशिल सदस्यलाई कांग्रेस सिन्धुलीको प्रशिक्षण

सिन्धुली – नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीको समन्वयमा जिल्लाको फिक्कल र हरिहरपुरगढी गाउँपालिका अन्तर्गतका सम्पुर्ण वडामा कृयाशिल सदस्यहरुको लागी एक दिवसिय आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको छ ।

जागरुक कृयाशिल सदस्य, नेपाली कांग्रेसको सुदृढ भबिस्य भन्ने मुल नाराका साथ शनिबार दुई पालिकाका १४ वटै वडामा एकैसाथ आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना गरिएको नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा सिन्धुलीका संयोजक दिपक कुमार घिमिरेले जानकारी दिनुभयो ।

हरिहरपुरगढी गाउपालिका अन्तर्गतका आठ वडा र फिक्कल गाउँपालिका अन्तर्गतका छ वडा गरि कुल १४ वडाका लगभग ७ सय भन्दा बढी कृयाशिल सदस्यहरुको आधारभुत प्रशिक्षण कार्यक्रममा सहभागिता रहेको जनाइएको छ ।

जिल्ला प्रशिक्षण शाखाका संयोजक सहित पार्टिका सभापती, पुर्ब-सभापतीहरु, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य लगायतको उपस्थितिमा प्रशिक्षण शाखाले तयार पारेका जिल्लाका ४२ प्रशिक्षकहरुबाट वडा तहमा प्रशिक्षण संचालन गरिएको संयोजक घिमिरेले बताउनुभयो ।

गएको २०८० चैत्र २ देखि ४ गतेसम्म जिल्ला प्रशिक्षण शाखाले आयोजना गरेको तीन दिने जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण (TOT) मार्फत प्रमाणपत्र प्रदान गरेका ४२ प्रशिक्षकबाट जिल्लाको ७९ वडामा कांग्रेसले आफ्ना कृयाशिल सदस्यहरुलाई आधारभुत प्रशिक्षण कार्यक्रम मार्फत प्रशिक्षण दिने जनाइएको छ ।

जिल्लाको नौ वटै पालिका अन्तर्गत ७९ वडामा आधारभुत प्रशिक्षण कार्यक्रम आयोजना हुने र उक्त कार्यक्रम २०८१ बैशाख भित्र सक्ने प्रशिक्षण शाखाले लक्ष लिएको छ ।

कार्यकर्ता पंक्तिमा आएको नैराश्यता, विचलन र अनुशासनहीनतालाई न्यूनीकरण गर्न र कांग्रेसले अवलम्बन गर्नुपर्ने अबको बाटो र पार्टीले आगामी दिनमा खेल्नुपर्ने भूमिका लगायतका बिषयबारे प्रशिक्षण दिन लागिएको शाखा संयोजक घिमिरेले बताउनुभयो ।

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार ०८:२१

प्रतिक्रिया दिनुहोस्