एक विद्यालय एक नर्स कार्यक्रममा सिन्धुलीका १८ विद्यालय छनौट

सिन्धुली । ‘एक विद्यालय एक नर्स’ कार्यक्रममा सिन्धुलीका १८ विद्यालय छनौट भएका छन । बाग्मती प्रदेश सरकारको असोज ६ गते वसेको मन्त्रीपरिषदको निणर्यले स्थानिय तहबाट आएको विद्यालयका नामहरु मध्येवाट प्रत्येक स्थानीय तहका २ बिद्यालय छनौट गरेको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाको नमुना गौमती माध्यामिक विद्यालय माढीवजार र जनजागृत माध्यामिक विद्यालय भिमान छनौट भएका छन । दुधौली नगरपालिकाको कमला माध्यामिक विद्यालय मैनी र जनजागृत माध्यामिक विद्यालय कोक्टी, तीनपाटन गाउँपालिकाको भवानी माध्यामिक विद्यालय र मझुवादोभान माध्यामिक विद्यालय, फिक्कल गाउँपालिकाको सुम्नामसुन्तले माध्यामिक विद्यालय चण्डीभन्ज्याङ र सालघारी माध्यामिक विद्यालय रातामाटा र गोलन्जोर गाउँपालिकाको जनज्योती माध्यामिक विद्यालय खुर्कोट र कामदा माध्यामिक विद्यालय डुँडभन्ज्याङ रहेका छन ।

त्यसैगरी सुनकोशी गाउँपालिकाको कुशेश्वर विद्यापिठ माध्यामिक विद्यालय, दुम्जा र दिर्घप्रदीप माध्यामिक विद्यालय खाल्टे, घ्याङ्गलेख गाउँपालिकाको माध्यामिक विद्यालय मरिण हायुटार र माध्यामिक विद्यालय अमले, छनौट भएका छन् ।

यता, मरिण गाउँपालिकाको माध्यामिक विद्यालय खयरसाल र माध्यामिक विद्यालय कार्तिके छनोट भएका छन भने, हरिहरपुरगढी गाउँपालिकाकाको माध्यामिक विद्यालय महेन्द्रझ्याडी र क्यानेश्वर माध्यामिक विद्यालय पान्तले छनौट भएका छन ।

बाग्मती प्रदेश सरकारको एक बिद्यालय एक नर्स छनोटमा परेको विद्यालयहरुले नर्सको सुविधा पाउने छन् । जसले विद्यालयका विद्यार्थीहरुको स्वास्थ्य सम्वन्धी समस्याको हेरचाह गर्नेछन् । एक विद्यालय एक नर्स कार्यक्रमका लागि छनौट भएको विद्यालयहरुमा एक नर्सको दरवन्दी रहने छ ।

प्रकाशित मिति : ८ आश्विन २०७७, बिहीबार १२:१०

प्रतिक्रिया दिनुहोस्