नगरप्रमुख पोखरेलद्वारा प्रधानमन्त्री दाहाल समक्ष मागपत्र पेश

सिन्धुली – मदन भण्डारि लोकमार्ग अन्तर्गत सडकखण्डमा विभिन्न कारणले गर्दा कमलामाइ नगरपालिका क्षेत्र भित्रका केही स्थानमा कालोपत्रे हुन नसकेको अबस्थालाई ध्यानाकर्षण गराउदै यहि आर्थिक बर्षमा काम सम्पन्न हुने गरि बजेट बिनियोजन गरिदिन प्रधानमन्त्री समक्ष कमलामाइ नगरपालिकाले माग गरेको छ ।

बिहिबार कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दुई बुदे मागपत्र बुझाउनु भएको हो ।

मागपत्रमा भनिएको छ उक्त लोकमार्ग अन्तर्गत सडक निर्माण परियोजनाको अबधि समाप्त भइसकेको तर बिबिध कारणले सडकखण्डको करिब दुई किलोमिटर लम्बाइ भएको पाँच स्थानमा अझै कालोपत्रे हुन सकेको छैन ।

उक्त अलपत्र अबस्थामा रहेको सडकखण्डलाई आबस्यक बजेट बिनियोजन गरि यहि बर्षमा काम सम्पन्न हुने गरि आबस्यक सहयोग गरिदिनु हुन प्रधानमन्त्री समक्ष माग गरिएको माग पत्रमा उल्लेख छ ।

त्यस्तै, वीपी राजमार्ग अन्तर्गत पर्ने सिन्धुली-चियाबारी–खुर्कोट सुरुङ्गमार्ग निर्माण थालनी गर्नका लागी आबस्यक बजेट ब्यबस्थापन गर्न समेत प्रधानमन्त्री दाहाल समक्ष माग गरिएको छ ।  

नगरप्रमुख पोखरेलले मागपत्र मार्फत चियाबारी–खुर्कोट सुरुङ्ग निर्माण थालनी गर्न आवश्यक बजेट सहितको व्यवस्था मिलाउन माग गरेका हुन् । 

बिहिबार सुनकोशी–मरिण डाइर्भसन बहुउद्धेश्यीय आयोजनाको सुरुङ्ग ब्रेक थ्रु गर्न सुनकोशी गाउँपालिका–७ आइपुग्नु भएका प्रधानमन्त्री दाहाललाई नगरप्रमुख पोखरेलले उक्त मागपत्र बुझाउनु भएको हो । 

पोखरेलद्धारा हस्ताक्षरित मागपत्रमा भनिएको छ, ‘पुर्वी नेपाल र काठमाडौँको दुरी र पहूँचको हिसाबले अत्यन्त महत्वपूर्ण वैकल्पिक राजमार्गको रुपमा स्थापित छ ।

उक्त वीपी राजमार्गको सिन्धुलीमाढी चियाबारीदेखि गोलञ्जोर गाउँपालिकाको खुर्कोटसम्म (करिब ३९ किलोमिटर) सडक खण्ड कठिन अलाइन्मेन्ट, घुमाउरो र साँघुरो भएकाले दिनानुदिन दुख:द घटनाहरु घटिरहेको उल्लेख छ । 

यस विषयलाई मध्यनजर गदैँ बेलाबेला चियाबारी–खुर्कोट सुरुङ्ग निर्माण गर्ने कुरा केन्द्रियस्तरमा समेत उठ्ने गरेको भएतापनि कार्यान्वयनको लागि प्रयास नभएको बताइएको छ । 

कठिन अलाइन्मेन्टको बिकल्पमा रहेको उक्त सुरुङ्ग निर्माणको योजनाका लागी बजेट बिनियोजन गरिदिन कमलामाइ नगरपालिका तथा जिल्लाको गोलन्जोर गाउँपालिकाले समेत प्रधानमन्त्री दाहाल समक्ष मागपत्र बुझाएका हुन ।

मागपत्र ग्रहण गर्दै प्रधानमन्त्री दाहालले चियाबारी–खुर्कोट सुरुङ्ग मार्ग निर्माण थालनीका लागि आबस्यक बजेट सहितको प्रवन्ध चाडै मिलाउने आश्वासन दिनुभएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार ११:०३

प्रतिक्रिया दिनुहोस्