बिपि राजमार्गमा ह्विलचियर जीवन [फोटोकथा]

सिन्धुली – कमलामाई नगरपालिका -४ हिरापानी हुँदै निर्माण भएको बिपि राजमार्ग यात्रा र सौन्दर्यताको हिसाबले अत्यन्त आकर्षक छ । उक्त राजमार्ग सवारी आवागमनको हिसाबले ब्यस्त राजमार्ग हो । जुन राजमार्गले पुर्बी-नेपाल र राजधानीलाई एक आपसमा जोड्ने काम गरेको छ ।

बिहानको करिब दश बज्नै लागेको थियो । पालैपालो दुई बालक कोहि एक ह्विलचियरमा बसेको ब्यक्तीलाई राजमार्गको एकछेउ हुँदै सिन्धुलीमाढी तर्फ लिएर हिड्दै थिए । ह्विलचियरमा वसेको ब्यक्तीलाई सहारा दिदै गरेका एक बालक थिए जो हुन एघार बर्षिया टोप थापा ।

टोपले ह्विलचियरमा साहारा दिदै गरेका ब्यक्ती अरु कोही नभएर उनकै मामा हुन ३१ वर्षीय कुमार तामाङ । जन्मजात अपाङ्गता भएका कारण कुमार ह्विलचियर बिना सिन्धुलीमाढीको चौक बाटोहरुमा कहिलेकाही घिस्रेर हिडडुल गरिरहेका हुन्छन ।

घरदेखि बजारसम्म आइपुग्न उनलाई कसैको सहारा चाहिन्छ । त्यसैले उनको सहारा बनेका छन, कुमारका भान्जा टोप ।
कुमार केही महिना अघिदेखी सिन्धुलीको कमलामाइ नगरपालिका -२ चियाबारीमा कोठाभाडामा बस्छन ।

तर, उनलाई कोठाभाडा तिर्नु पर्दैन कहिलेकाही दिनभरीको सहयोग अलि जुटिहाल्यो भने घरबेटीलाई बजारबाट तरकारी, तेल, मसलाहरु किनेर लग्दिन्छन । त्यसैमा उनको कोठाभाडा कट्टा हुन्छ ।

कुमारको घर गोलन्जोर गाउँपालिका -४ आरुबोटे हो । उनले सानै उमेरमा आमा बुबा गुमाए । आमालाई त उनले देख्नै पाएनन । बुबा मानबहादुर तामाङलाई पनि सानै उमेरमा गुमाएका कुमारको पालनपोषण ठुलोबुबा सोमबहादुर तामाङले गरे ।

कुमारका दाइ भाउजू छन उनिहरु अहिले तिनकन्या आरुबोटेमै बस्छन । घस्रेर सहयोग माग्दै दैनिकी चलाउने कुमारलाई खै कस्ले हो तीन महिना अघि सेकेण्ड ह्यान्डको ह्विलचियर दिएका रहेछन । ह्विलचियर कस्ले दियो उनलाई अहिले याद छैन ।

अहिले उक्त ह्विलचियर बिग्रीएको छ । कुमार भन्छन, ‘यो बिग्रेको छ बनाउन चार/पाँच हजार लाग्छ ।’ बनाउने पैसा छैन । केही दिन अघिदेखी बिरामी भएर आज मात्रै म काममा हिडेको हु, कुमारले भने ।’

अब आज यहि बनाउन दिन भनेर बजार हिडेको । आज दिनभरी काम गर्छु के कति सहयोग जुट्छ त्यो पैशा यो ह्विलचियर बनाउने ठाउमा छोड्दिन्छु र बाकी काम गर्दै बिस्तारै तिर्छु ।’

उमेरले ३१ टेकेका कुमारको साहारा अहिले त्यही ह्विलचियर छ । त्यो पनि बिग्रीएर बनाउन दिनुपर्ने भएपछी उनी अहिले चिन्तामा छन । कुमारलाई कुनै संघ संस्थाले ह्विलचियर सहयोग गर्छ भन्ने समेत थाहा छैन । उनी भन्छन कहि कतैबाट सामान सहयोग पाइएला भन्ने मलाई लागेको छैन त्यस्तो छ भने मलाई सहयोग गर्दिनुस न, कुमारले भने ।”

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलवार ०७:५३

प्रतिक्रिया दिनुहोस्