कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया हिरासतमुक्त भएका छन् । उनलाई प्रहरीले हाजिरी जमानतमा छाेडेकाे हाे ।

छोरा सम्भव सिरोहियाको रोहबरमा अनुसन्धानको लागि आवश्यक परेको बेलामा उपस्थित गराउनुपर्ने सर्तसहित सिराेहिया हिरासतमुक्त भएका हुन् । 

नागरिकता किर्ते कसुरमा सिराेहिया पक्राउ परेका थिए । कान्तिपुरकाे मुख्यालयबाटै पक्राउ गरेर धनुषा लगिएका सिराेहियालाई मंगलबार हेलिकाेप्टरबाट काठमाडाैं ल्याइएकाे थियाे । 

स्वास्थ्यमा समस्या आएपछि उनी मेडिसिटी अस्पतालमा उपचार गराइरहेका छन् । 

प्रकाशित मिति : १६ जेष्ठ २०८१, बुधबार १४:२२

प्रतिक्रिया दिनुहोस्