ग्लोबल आइएमई बैंकका कर्मचारी सवार बस सिन्धुलीमा दुर्घटना

सिन्धुली – सिन्धुलीकाे गाेलन्जाेर गाउँपालिका तल्लो बारामा बिहिबार दिउसो यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । 

गाेलन्जाेर गाउँपालिका- ७ तल्लाे बारामा बस दुर्घटना हुँदा २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशव कटुवालले जानकारी दिए । 

उनका अनुसार बसमा ग्लोबल आइएमई बैंकका कर्मचारीहरू सवार थिए । ‘बसमा सबै बैंकका कर्मचारीहरू थिए, उनले भने, ‘बर्दिबासमा कार्यक्रम गरी फर्किंदा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउन खोज्दा दुर्घटना भएको रहेछ ।’ 

घाइतेको सुनकोसी सामुदायिक अस्पताल र शुभ जीवन अस्पताल खुर्कोट, धुलिखेल अस्पतालमा उपचार भइरहेको उनले बताए । बसमा २८ जना सवार थिए । 

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहीबार १४:५६

प्रतिक्रिया दिनुहोस्