नदिले बगाएर बेपत्ता ब्यक्तिको चार दिनपछी शव फेला

सिन्धुली — कमला नदीले बगाएर बेपत्ता भएका दुधौली नगरपालिका–२ का ५५ वर्षीय बेचुवा माझीको आइतबार बिहान शव फेला परेको छ ।

प्रहरीका अनुसार स्थानीय, परिवार र प्रहरीले संयुक्त रूपमा खोजी गर्दा दुधौली–३ को चारघरेनजिक कमला नदीमा डुबेको अवस्थामा शव भेटिएको हो ।

माझी असोज ७ गते बिहान मादल बनाउन भनी दुधौली–३ स्थित झुङ्गा गएका थिए । मादल बनाएर फर्किने क्रममा उनलाई सााझ नदीले बगाएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७७, आईतवार १८:२४

प्रतिक्रिया दिनुहोस्