नुहाउने क्रममा सुनकोशी नदिमा डुबेर एक महिलाको मृत्यु

सिन्धुली — जिल्लाको गोलन्जोर गाउँपालिका-६ हैबार कटहरे नजिक सुनकोशी नदीमा डुबेर एक महिलाको मंगलबार मृत्यु भएको छ ।

सुनकोशी नदिमा नुहाउन गएकी वडा नं -६ मेवाबोटे घर भएकि बर्ष ३० कि चन्द्रकला हायूको नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

नुहाउने क्रममा ढुंगामा चिप्लिएर सुनकोशी नदिमा हायु बेपत्ता भएकी थिइन । बेपत्ता भएकी हायूको शव खोजतलास गर्दा नदीको बीच भागमा फेला परेको सिन्धुली प्रहरी प्रमुख एसपी गाोविन्दराज काफ्लेले जानकारी दिए ।

हायूको शव मंगलबार नै सिन्धुली अस्पतालमा पोष्टमार्टम गरि परिवारलाई बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । गर्मी बढेसँगै नदीनालामा नुहाउन जानेहरुको संख्या बढेकाले सचेत हुने समेत प्रहरी प्रमुख काफ्लेले आग्रह गरे ।

प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार ०४:४१

प्रतिक्रिया दिनुहोस्