संघियताका कारण देशको अर्थतन्त्र चौपट भयो: सांसद घिमिरे

सिन्धुली – प्रतिनिधिसभा सदस्य श्याम कुमार घिमिरेले सङ्घीयताका कारण देशको अर्थतन्त्र चौपट भएको बताउनुभयो ।

नेपाल प्रेस युनियन सिन्धुलीले सिन्धुलीमाढीमा मंगलबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य घिमिरेले देशको अर्थतन्त्रले धान्न नसक्ने अबस्था आइपुगेकोले सङ्घीयताको पुनर्विचार गर्नु पर्ने उल्लेख गर्नुभयो ।

उहाँले प्रदेश सरकारले आफ्नो आवश्यकता तथा औचित्य पुष्टि गर्न नसकेकोले प्रदेश सरकार खारेज गर्नुपर्ने र स्थानिय तहको संख्यालाई समेत कम गर्नुपर्ने धारणा ब्यक्तगर्नुभयो ।अन्तरक्रियामा उहाँले हालकाे निर्वाचन प्रणाली नबदलेसम्म देशको राजनीति स्थिर नहुने बताउनुभयो  ।

राजनीतिक अस्थिरताले देशको विकासमा बाधा पुगेको उहाँको भनाइ छ । उहाँले संविधान संशोधन गरेर निर्वाचन प्रणाली बदल्नु पर्ने धारणा राख्नुहुदै देशको निर्वाचन प्रणालीका कारण स्थिर सरकार नहुँदा नागरिकमा राजनीति प्रति वितृष्णा बढ्दै गएको बताउनुभयो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ०७:१२

प्रतिक्रिया दिनुहोस्