कमलामाई नगरपालिकाले दियो बिधालयलाई एक हप्ता बिदा

सिन्धुली – केहि दिनदेखि बढेको अत्यधिक गर्मीका कारण सिन्धुलीको कमलामाइ नगरपालीका भित्रका विद्यालयमा बिदा दिइएको छ । कमलामाइ नगरपालिकाले बुधबार एक बिज्ञप्ति जारी गर्दै अत्यधिक गर्मी बढेका कारण नगर भित्रका विद्यालयमा आउने बुधबार सम्मको लागी एक साता बिदा दिइएको हो ।

नगरपालिकाले नगरक्षेत्रभित्रका सम्पुर्ण सामुदायिक तथा निजि बिधालय, मन्टेश्वरी लगायत पुर्व प्राथमिक बिधालय समेतलाई २०८१ जेठ ३१ गतेदेखि ५ असारसम्मका लागी बिदा दिएको कार्यबाहक नगरप्रमुख मन्जु देबकोटाद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ ।

गर्मीका कारण बालबालिकामा विभिन्न किसिमको समस्या हुनबाट जोगाउनका लागि वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको हो । केही दिनयता अत्यधिक गर्मी बढेपछि जनजीवन प्रभावित बनेको छ ।

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार ११:३७

प्रतिक्रिया दिनुहोस्