गुण्डागर्दी शैलीमा राहत शिक्षक समिति गठन गरिएको भन्दै भत्सर्ना

सिन्धुली – शनिबार सिन्धुलीमाढीमा गठित नेपाल राहत शिक्षक समिति सिन्धुलीको जिल्ला अधिबेशन सामान्य विधि र प्रक्रियालाई समेत विचार नगरी अलोकतान्त्रिक र गुण्डागर्दी शैली अपनाई गरिएको भन्दै नेपाल शिक्षक संघ सिन्धुलीले भत्सर्ना गरेको छ ।

निर्वाचन संयोजक बिर्जबहादुर घोलेद्वारा जारी गरिएको बिज्ञप्तिमा भनिएको छ, ‘केही अराजक व्यक्तिहरुले निर्वाचनकाे सामान्य विधि र प्रक्रियालाई समेत विचार नगरी अलोकतान्त्रिक र गुण्डागर्दी शैली अपनाई जिल्ला समिती गठन गरियो ।

उनले भने, ‘म नेपाल राहत शिक्षक समिति सिन्धुलीको निर्वाचन संयाेजक समेत लगायतका अधिकांश शिक्षकहरुकाे विराेध हुँदाहुँदै सिन्धुली जिल्लाका शिक्षकहरूको पेसागत हक अधिकार कुण्ठित गर्दै कार्यसमितिको पदाधिकारी चयन गरिएको प्रती हामी घोर भत्सर्ना गर्दछौं ।’

नेपाल शिक्षक संघसँग सम्बद्ध रहेका राहत शिक्षकहरूको तर्फबाट घोर भत्सना गर्दै कथित नवगठित समिति अवैधानिक रहेको र उक्त समिति स्वीकार्य नभएकाे बिज्ञप्ति मार्फत जनाइएको छ ।

बिज्ञप्ति जारी गर्दै शिक्षक संघले जिल्लाका सबै राहत शिक्षकहरू, प्रदेश कार्य समिति तथा केन्द्रीय कार्यसमितिलाई अवगत गराइएको चुनाब संयोजक घोलेले जानकारी दिए ।

उनका अनुसार नेपाल राहत शिक्षक समिति जस्तो गरिमामय इतिहास बोकेको पवित्र संस्थालाई धमिल्याउने तथा बदनाम गर्ने किसिमको हर्कतले हामी नेपाल शिक्षक संघमा रहेका सम्पुर्ण राहत शिक्षकहरुलाइ अलाेकतान्त्रिक तवरले जबरजस्ती निर्माण गरिएकाे छ ।

अलाेकतान्त्रिक तवरले गठित उक्त जिल्ला समिती नेपाल राहत शिक्षक संघलाई कुनै पनि हालतमा स्विकार्य नहुने संयोजक घोलेले बताए ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार १६:२७

प्रतिक्रिया दिनुहोस्