पिकअपको ठक्करबाट सिन्धुलीमा मोटरसाइकल चालकको मृत्यु

सिन्धुली – सिन्धुलीको सुनकोशी गाउँपालिका १ मा पिकअप भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको चक्रघट्टा बस्ने ३५ वर्षीय गणेश राय छन् ।

काठमाडौंंबाट सिन्धुलीतर्फ आउँदै गरेको प्रदेश २–०२–०० १ च ०४८७ नम्बरको पिकअप भ्यानले विपरीत दिशामा रहेको प्रदेश २–०३–००६ प ३७५५ नम्बरको मोटरसाइकललाई आज बिहान पौने ६ बजे ठक्कर दिएको थियो ।

सो दुर्घटनामा मोटरसाइकल चालक राय र मोटरसाइकलको पछाडि सवार ३३ वर्षीय धिरेन्द्र ठाकुर घाइते भएका थिए । उनीहरुलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको थियो ।

चालक रायको उपचारको क्रममा मृत्यु भएको र ठाकुरको सोही अस्पतालमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्द राज काफ्लेले जानकारी दिए ।

प्रकाशित मिति : २५ श्रावण २०८१, शुक्रबार ०८:१२

प्रतिक्रिया दिनुहोस्