सिन्धुलीमा बोलेरो दुर्घटना: तीन जनाको मृत्यु ११ घाइते

सिन्धुलीमा बिहीबार जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । कमलामाई नगरपालिका–२ चियाबारी नजिक गोलञ्जोरको हैबारबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा २० च ८२८३ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्द काफ्लेले जानकारी दिए । 

प्रहरीका अनुसार सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ नाकाजोलीका ४२ वर्षीय पृथ्वी भुजेल, सोही ठाउँका ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको छ । अहिले शवको पोस्टमार्टम गर्ने काम भइरहेको एसपी काफ्लेले बताए । 

घाइतेहरूको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राई, गोलञ्जोर ६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारको उपचार धुलीखेल अस्पतालमा भइरहेको छ । 

अन्य घाइतेहरू गोलञ्जोर ६ का १८ वर्षीया जिना श्रेष्ठ, पवन मर्स्याङ्गी, ४७ वर्षीया धनमाया वाइबा, २४ वर्षीया लिला मगर, २२ वर्षीया समिना मगर, १९ वर्षीया बन्दना कोइराला, ५६ वर्षका राजनप्रसाद कोइराला र कमलामाई–५ की ७८ वर्षीया डम्बर कुमारी कार्कीकाे जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार ०९:२१

प्रतिक्रिया दिनुहोस्