भगवती घटनाबारे अनुगमन: उपचारत छात्रको स्वास्थ्य सुधारन्मुख

सिन्धुली – केही दिन अघि जिल्ला सदरमुकाम स्थित एक संस्थागत बिधालय भगवती अंग्रेजी माध्यामिक बिधालयमा घटेको एक घटनाबारे कमलामाई नगरपालिकाले बुधबार बिधालय प्रशासनसंग घटनाबारे सोधपुछ तथा अनुगमन गरेको छ ।

कमलामाइ नगरपालिकाका नगरप्रमुख उपेन्द्र कुमार पोखरेलको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्ले, नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय प्रमुख सागर कुमार ढकाल, नगर शिक्षा समितीका निमित्त प्रमुख लगायतको टोलिले बिधालय प्रशासन समक्ष घटनाबारे सोधपुछ गरेको हो ।

घटनाबारे बताउदै बिधालयका प्रीन्सिपल कृष्णकुमार उप्रेतीले हाल उक्त बिद्यार्थीको धुलीखेल अस्पतालमा आइसियु (सघनकक्ष) मा उपचार भइरहेको र स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको जानकारी दिए ।

प्रीन्सिपल उप्रेतीका अनुसार राखी बाध्ने दिन उक्त छात्रले धनुषा जिल्ला लक्ष्मिनिया नगरपालिका स्थित आफ्नो घर जान चाहेका थिए । तर, घरछुट्टिबाट २० दिन अघि मात्रै होस्टल फर्केका उक्त छात्रको बुबाले भर्खर २० दिन भयो घरबाट गएको म बरु राखी बाध्न बैनिलाई त्यही होस्टलमै लिएर आउछु घर अहिले आउनु पर्दैन भनेपछी छात्रलाइ घरजान रोकिएको थियो ।

घटना भएको दुई दिन अघि बिहिबार उक्त छात्रले टाउको दुखेको भनेपछी सदरमुकाम स्थित एन्जल क्लिनिकमा लगेर उपचार तथा औषधि गरि निको भएको समेत बिधालय प्रशासनले जनाएको छ । औषधिउपचार पछि निको भएका उक्त बिधार्थीले दुई दिनपछी आइतबार तौलीको प्रयोग गरि होस्टलको ढोका माथिको ग्रीलमा पासो लगाइ आत्महत्या गर्ने प्रयास गरेका थिए ।

सोही क्रममा बिद्यार्थीले देखेपछी उनलाई पासो छुटाइ तत्काल जिल्ला अस्पतालमा उपचारको लागी लगिएको थियो । जिल्ला अस्पतालले थप उपचारको लागी धुलीखेल अस्पतालमा रिफर गरेपछी अहिले उक्त अस्पतालमा आइसियुमा राखी उपचार भइरहेको र घाइतेको स्वास्थ्य अबस्था सुधारोन्मुख रहेको बिधालयका प्रीन्सिपल उप्रेतीले जानकारी दिए ।

जिल्लामै स्थापित बिधालयहरुमा रहेको भगवती अंग्रेजी माध्यामिक बिधालयमा अहिले कुल १५ सय पाँच बिद्यार्थीहरु अध्ययन गरिरहेका छन भने बिधालयको छात्र र छात्रा होस्टेलमा एक सय ५१ जना बिद्यार्थीहरु होस्टलमा रहि उक्त बिधालयमा अध्ययन गरिरहेका छन ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ०९:४५

प्रतिक्रिया दिनुहोस्