सुनकोशी नदिमा हाइलेक्स गाडी खस्यो: चालक सहित तीन बेपत्ता

सिन्धुली – जिल्लाको मध्यपहाडी लोकमार्ग अन्तर्गत गोलन्जोर गाउँपालिका – १ कुडुलेमा हाइलेक्स गाडी सुनकोशी नदिमा खसेको छ ।

खोटाङको हलेसीबाट भक्तपुर जान आउदै गरेको नम्बर नखुलेको इसुजु हाइलेक्स गाडी आफै अनियन्त्रित भइ सुनकोशी नदिमा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो ।

उक्त हाइलेक्समा चालक सहित चारजना सवार रहेका थिए । सवार मध्ये तिनजना सवारीसहित नदिमा बेपत्ता भएको प्रहरी प्रमुख काफ्लेले बताउनुभयो । सवार मध्ये भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने बर्ष २७ का शुसान्त कक्षपती प्रहरीको सम्पर्कमा रहेका छन ।

बेपत्ता सवारि र यात्रुको खोजीकार्य भइरहेको प्रहरिले जनाएको छ । बेपत्ता हुनेहरुमा सवारी चालक भक्तपुर सुर्यबिनायक नगरपालिका जगाती बस्ने बर्ष अन्दाजी ३२ का अबिन बखे, सोही ठेगाना भएका बर्ष अन्दाजी ३० का प्रनित स्यागु, र सोही ठेगाना भएका बर्ष अन्दाजी ३७ का बलराम घटुवा रहेका छन ।

दुर्घटनामा घाइते भएका कक्षपतिको खुर्कोट अस्पतलमा थप उपचारको लागी पठाएको छ । उद्धार टोली घटनास्थलमा परिचालित भइसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८१, शनिबार १३:५३

प्रतिक्रिया दिनुहोस्