नेपाल तरुण दल सिन्धुलीको आयोजनामा “माइती मिलन कार्यक्रम”

सिन्धुली – सांस्कृतिक पर्व तीजलाई तडक–भडकपूर्ण होइन कि सामाजिक सद्भाव र प्रगतिशील कामका लागि एकताबद्ध हुने अवसरका रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । 

नेपाल तरुण दल सिन्धुलीद्वारा आइतबार सिन्धुलीमाढीमा आयोजित ‘तीज विशेष दर खाने तथा माइती मिलन कार्यक्रम’ को अवसरमा सहभागी वक्ताहरूले सामाजिक सद्भाव कायम गर्न सदियाैँ पहिलेदेखि मनाउँदै आएको तीज पर्वलगायत अन्य चाडपर्वलाई पनि गहना, कपडाको प्रदर्शन र नाचगान मात्र नगरी प्रतिफल देखिने काम गरी मनाउन आग्रह गरिएको हो । 

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय समिती सदस्य तथा कांग्रेस संसदिय दलकी सचेतक सुशिला थिङले वर्ष दिनमा एक पटक भेला भएर महिलाहरुले आफ्ना दुःख सुख र भावना साटासाट गर्ने रुपमा पनि तिज पर्वलाई लिईने गरिएको बताउनुभयो ।

हिन्दु नारिहरुको महान पर्वका रुपमा मनाईदै आएको तिज पर्वमा विषेश गरेर अविवाहित महिलाहरुले राम्रो पति पाउनका लागि र विवाहित महिलाले पतिको दिर्घायुका लागि कामना गर्ने पर्वको रुपमा तिजलाई मनाउने गरिन्छ ।

तर, पछिल्लो समयमा पर्व मनाउने वहानामा विकृती पनि बढ्दै गईरहेकोले त्यसलाई न्युनिकरण गर्नु पर्ने नेपाली कांग्रेस सिन्धुलीका सभापती उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुलीका निबर्तमान सभापती उज्वल प्रसाद बराल, लोकतान्त्रिक आदिबासी जनजाती महासंघ बागमती प्रदेशका सभापती तथा बागमती प्रदेशसभा सदस्य छेत्रबहादुर बम्जनले मन्तब्य ब्यक्त गर्दै नेपाली महिलाहरुको महान पर्ब हरितालिका तिजको अबसरमा शुभकामना ब्यक्त गर्दै आफ्नै मौलिक परम्परा र संस्कृतिको प्रतिबिम्बको रुपमा हरितालिका तिजलाइ लिनुपर्ने उल्लेख गर्नुभयो ।

नेपाल तरुण दल जिल्ला कार्यसमितीका सभापती सहदेब मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल महिला संघ सिन्धुलीकि सभापती गङ्गा दाहालले स्वागत मन्तव्य राख्नु भएको थियो ।

दर खाने कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गायीका प्रतिमा अर्याल, डान्स च्याम्पीयन सिजन २ का उत्कृष्ट ६ का प्रतिष्पर्धी अनिल सुनुवार लगायतले आफ्नो साङ्गितिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

विभिन्न समयमा विभिन्न जिम्मेवारी सम्हालेर बसेका महिला दिदी–बहिनी भेला भएर तीज पर्वको अवसरमा एक–आपसमा शुभकामना दिन तीज विशेष कार्यक्रमको आयोजना गरिएको तरुण दल सिन्धुलीका सभापती सहदेब मैनालीले बताउनुभयो ।  

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार ११:११

प्रतिक्रिया दिनुहोस्