प्रहरी चौकी हर्षाही जगाडीको नवनिर्मित भवन उद्घाटन

सिन्धुली – दुधौली नगरपालिका -६ स्थित प्रहरी चौकी हर्षाही जगाडीको नवनिर्मित भवनको शुक्रबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् ।

भवनको उद्घाटन गर्दैै मन्त्री लामिछानेले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप ऊर्जामय, नवीन सोच र उच्चस्तरको हुनुपर्ने चर्चागर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र संबेदनसिलका साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो ।

बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बिनियोजित बजेटबाट निर्माण सम्पन्न भएको प्रहरी चौकी समुद्घाटन समारोहमा बोल्दै उहाले समाजमा रहेका लागु औषध कारोबारी, अपराधिक गतिबिधि गर्ने समूह वा व्यक्तिलाई नियन्त्रण गर्न जरुरी रहेको र त्यसको लागि प्रहरी र समुदाय एक अर्काको सहयोगी बन्नु पर्ने उहाँले बताउनुभयो ।

प्रथम चरणमा मनसरा सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिले स्वीकृत लगत इस्टमेट जम्मा रकम रु. ६२ लाख ४० हजार ९०४ मा कुल ३६ लाख १३ हजार ८८ रकममा २०७८ बैशाख २३ गते सम्झौता सम्पन्न भइ निर्माण कार्य शुरु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै भवनको दोस्रो चरण निर्माणका लागी खानी चन्यस्वरी जेभी बानेस्वर -१० काठमाडौले मिति २०७८ चैत्र २४ गते निर्माण कार्यको लागी स्म्म्झौता गरेको थियो । जसअनुसार स्वीकृत लगत इस्टमेट जम्मा रकम रु. एक करोड ९९ लाख २५ हजार ८७० मा भेरिएसन पछिको कुल रकम एक करोड ८१ लाख ३३ हजार ४९० रहेको थियो ।

तत्पश्चात सम्झौता कुल रकम रु. एक करोड ८७ लाख ५८ हजार ६२० मध्ये भेरिएसन पछिको हुन आउने कुल रकम एक करोड ७४ लाख २८ हजार ७३४ मा सम्झौता भइ निर्माण कार्य सम्पन्न भएको हो ।

लागतमा ३३४.०९ बर्ममिटर जग्गा क्षेत्रफलमा रहेको सो भवनभित्र भुइ तला दोस्रो र तेस्रो तलामा गरि ९ कोठा, मेस भवन सौचालय भवन लगायत कक्ष निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कृष्णहरि शर्मा, प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्मा, जिल्ला समन्वय प्रमुख उपप्रमुख, नगरपालिकाका मेयर उपमेयर, गाउँपालिका अध्यक्ष उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न सहयोगी, जग्गादाता, सहयोगी प्रहरी, निर्माण कम्पनीका प्रमुखहरूलाई प्रशंसा-पत्र तथा पुरस्कार प्रदान गरिएको थियो । 

प्रकाशित मिति : ११ आश्विन २०८१, शुक्रबार ११:०१

प्रतिक्रिया दिनुहोस्