सिन्धुली – नेपाली सेनाले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल निर्माणको काम सुरू गरेको छ । जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार प्राविधिक सहितको टोलीले बेलिबृज पुल निर्माण गरेको हो ।
असोज १० गतेदेखि १३ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी-पहिरोले सिन्धुली र रामेछाप जोड्ने बेलिबृज पुल बगाएको थियो ।
गोलन्जोर गाउँपालिका-७ खुर्कोट र मन्थली नगरपालिका-६ जोड्ने बिपी राजमार्ग र पुष्पलाल राजमार्गबीच रहेको सुनकोशी नदीको एक सय मिटर लामो पक्की पुलमध्ये रामेछापतर्फ रहेको आधा भाग बगाएको थियो ।
उक्त पुल बगाएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको थियो । शनिबारदेखि सेनाको टोलीले बेलिबृज बनाउने काम अघि बढाएको हो ।









