बाढी-पहिरो प्रभाबित क्षेत्रको निरिक्षण गर्न मन्त्रीहरुको टोली खुर्कोटमा (तस्बिरहरु)

सिन्धुली – गृहमन्त्री रमेश लेखक, रक्षा मन्त्री मानबिर राई, भौतिक पुर्बाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल, पुर्वमन्त्री मोहन कुमार बस्नेत, गोकुल बास्कोटा प्रतिनिधि सभा सदस्य लगायतको टोलिले मंगलबार सिन्धुलीको बाढीपहिरो प्रभावित क्षेत्र खुर्कोटमा स्थलगत निरीक्षण गर्नुभएको छ ।

सुनकोशी नदि र रोशी खोलामा गएको बाढी पहिरोका कारण नदि आसपास धेरै धनजनको क्षति पुर्‍याएको छ । प्रभाबित क्षेत्रको स्थलगत निरीक्षण गर्नुका साथै मन्त्रीहरुको तर्फबाट गृहमन्त्री लेखकले स्थानीय बासिन्दासँग नागरिकको अवस्थाको बारेमा समेत जानकारी लिनुभएको छ ।

तस्बिरहरु:

प्रकाशित मिति : २२ आश्विन २०८१, मंगलवार ०५:१४

प्रतिक्रिया दिनुहोस्