सिन्धुली : नेपाली कांग्रेसको सय दिने अभियान अन्तरगत सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर -६ मा कार्यक्रम सम्पन्न भएको छ । वडामा अन्तरक्रियासहित बुधबार कार्यक्रम सम्पन्न भएको हो ।
सयदिने अभियानका संयोजक तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेपाल तरूण दलका केद्रिय सदस्य सुजन थापा मगरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली कांग्रेस तिनपाटन गाउँपालिका -६ का वडा सभापती बिरबहादुर पुलामीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सचिव कान्छाराम बल, सह-सचिव शेखर मिश्र (सुरज), तरुण दल सिन्धुलीका सभापती सहदेब मैनाली, नेबि संघ सिन्धुलीका सभापती भरत बिक लगायत स्थानिय नेताकार्यकर्ताको उपस्थित रहेको थियो ।
कार्यक्रममा सहभागि नेता तथा कार्यकर्ताहरुले केन्द्रीयस्तरका नेताहरुले ग्रामिणभेगका नेता कार्यकर्ताहरुको भावनालाई बुझ्नुपर्ने धारणा राखेका थिए । कांग्रेस केन्द्रिय नेतृत्वले ग्रासरुटका सामान्य कार्यकर्ताहरुको कुरा नसुन्ने गरेको र आफ्नै हिसावले चल्ने गरेकाले पार्टी कमजोर हुँदै गएको उनिहरुले गुनासो गरे ।
प्रमुख अतिथि सुजन थापामगरले पछिल्लो समयमा नेतृत्वबाट सकारात्मक गतिविधिहरु भइरहेको र २०८४ को निर्वाचनका लागि आवश्यक निर्णयहरु गरेको र कांग्रेस एक ढिक्का भएर अघि बढेको बताए । वडामा सबै भातृ एबम शुभेच्छुक संघसंगठन गठन भइ गतिबिधी चलायमान गरिएको प्रती वडा-सभापती एबम सिङ्गो पार्टी नेतृत्वलाई थापामगरले धन्यवाद समेत ब्यक्त गर्नुभयो ।
पार्टीको संगठनलाई गतिशील र चलायन बनाउनुपर्नेमा कार्यक्रमका बक्ताहरुले जोड दिएका छन । कांग्रेसले सिन्धुलीका सबै स्थानीय तहको ७९ वटै वडामा अभियान सञ्चालन गरिरहेको छ ।