नेपालीको नेतृत्वमा प्रेस सेन्टर नेपाल सिन्धुलीको कार्यसमिति चयन

सिन्धुली – प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले संगठनको नयाँ कार्य समिति गठन गरेको छ ।

अधिवेशनबाट सर्वसम्मत रुपमा बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा संगिता डिम्दोङ र प्रतिमा विसी, सचिवमा मनोज दाहाल, सहसचिवमा महेश ठटाल र बिर्ख बहादुर वाईबा र कोषाध्यक्षमा विशाल सतशंकर चयन भएका हुन ।

सदस्यहरुमा आस्था विक, उर्मिला दियाली, मोतीलाल गोले, कविराज तामाङ, पवित्रा कुमारी श्रेष्ठ र जिवन दर्लामी चयन भएका हुन । अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले विकसित भएका नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै स्वच्छ र स्वतन्त्र पत्रकारीता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले देशको विकासमा पत्रकारहरुले भ्रष्टचार विरुद्ध र सुशासनको पक्षमा आफ्नो कलमहरु चलाउनुपर्ने बताउनुभयो । प्रेस सेन्टर नेपाल सिन्धुलीका निवर्तमान अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा अधिबेशन सम्पन्न भएको हो ।

प्रकाशित मिति : २७ पुष २०८१, शनिबार १३:५०

प्रतिक्रिया दिनुहोस्