कांग्रेस दुधौली नगरसमितिले स्थानिय सरकारलाई बुझायो ज्ञापन-पत्र

सिन्धुली – नेपाली कांग्रेस दुधौली नगरसमितिले बिहिबार स्थानिय सरकारलाई पाँच बुँदे ज्ञापन-पत्र बुझाएको छ ।कांग्रेस नगर समितिका सभापति बलराम कार्कीको संयोजकत्वमा दुधौली नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत हरीलाल बिश्वकर्मालाई उक्त ज्ञापनपत्र बुझाइएको हो ।

कांग्रेस सभापति कार्की र नगर सचिव मिलन सुनुवारको सयुक्त हस्ताक्षरित पाँचबुदे ज्ञापनपत्रमा स्थानिय तहको निर्वाचनमा नेपाली कांग्रेस र नेकपा माओवादीका विचमा गठबन्धन कायम भइ दुई दलबिच एक-आपसमा मत साटासाट गरि स्थानिय सरकार निर्माणका क्रममा खेलिएको भूमिकाको स्मरण गर्दै लोकतान्त्रिक व्यवस्थामा जनताले दिएको मतको सम्मान तथा कदर गर्दै उच्च राजनितिक नैतिकता प्रस्तुत हुनुपर्ने मान्यता रहेको उल्लेख छ ।

तर, स्थानिय सरकारले जनताको मतको सम्मान र कदर गर्न नसकेको आरोप ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापन-पत्रमा दुधौली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भई नागरीकको दैनिक सेवा प्रवाहमा समस्या भएको बिषयलाई समेत प्राथमिकता दिइएको छ ।

पत्रमा भनिएको छ, “विगत तिन महिना देखी दुधौली नगरपालिका प्रमुख प्रशासकिय अधिकृत विहिन भई नागरीकको दैनिक सेवा प्रवाहमा अबरोध रहेकाले नेपाली कांग्रेस दुधौली नगर कार्यसमिति स्थानिय नागरिकले आफ्नो नैसर्गिक अधिकार उपभोग गर्न नपाएकोमा गम्भीर ध्यानाकर्षण भएको छ ।”

साथै संबैधानिक व्यवस्था प्रति सम्वेदनशिल भई जनताको सेवा प्रवाह प्रति स्थानिय सरकारको उत्तरदायित्व निर्वाहमा भएको लापरवाही एवं गैह्र जिम्मेवार कार्यप्रति नेपाली कांग्रेसको आपत्ति रहेको र त्यसको लागी अविलम्ब प्रशासकिय अधिकृत हाजिर गरि दैनिक काम कारवाही सुचारु होस भनी माग गरिएको ज्ञापनपत्रमा उल्लेख छ ।

पत्र मार्फत अन्य थप अनुचित विषय समेटी उल्लेख भए बमोजिमको बुंदा राखी स्थानिय सरकारलाई १५ दिनको समयावधि दिई ज्ञापन-पत्र बुझाइएको नगर सभापती कार्कीले बताउनुभयो । उहाँले यदि उक्त ज्ञापन-पत्रको सम्बोधन नभएमा नेपाली कांग्रेस नगर कार्य समितिले थप विरोधका कार्यक्रमहरु चरणबद्द रुपमा घोषणा गर्ने समेत जानकारी दिनुभयो ।

ज्ञापन-पत्रको अन्य बुँदामा पालिकाको कर्मचारी पदपूर्तिका लागी बिज्ञापन गराई छनौट प्रकृयामा नगएको, राजस्व चुहावट तथा पालिकाको गतिबिधिको बारेमा सामाजिक संजालमा आउदा समेत पनि पालिकाको ध्यानाकर्षण नभएको, स्थानिय नदिजन्य पदार्थमा लगाईएको कर प्रणालीमा परिमार्जन गर्नु पर्ने, स्थानिय उपभोक्ता जनता र राज्यको संरचना निर्माणमा लाग्ने करमा केहि बैज्ञानिक र उपयोगी हुनु पर्ने माग ज्ञापनपत्रमा उल्लेख छ ।

दुधौली नगरपालिका प्रमुख प्रशासकिय प्रमुख बिहिन हुँदा स्थानिय सरकार मातहतका कर्मचारीहरुको तलब भत्ता उपलब्ध हुन सकिरहेको छैन ।

प्रकाशित मिति : १० माघ २०८१, बिहीबार १५:०६

प्रतिक्रिया दिनुहोस्