गणतन्त्रको पक्षमा सिन्धुली एमालेको जागरण सभा आयोजना

सिन्धुली – नेकपा (एमाले) सिन्धुलीले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमाले सिन्धुलीले आज सिन्धुली लगायत देशव्यापी रुपमा जागरणसभा आयोजना गरेको हो । यसैगरी सिन्धुलीको नेकपा एमाले स्थित आजाद भवनबाट शुरु भएको र्‍याली लोकतान्त्रिक चौकमा गएर समापन भएको थियो । 

लोकतान्त्रिक चौकमा आयोजित कार्यक्रमलाई नेकपा एमालेका केन्द्रीय सदस्य उमा कोइराला, संविधान सभा सदस्य एबम् केन्द्रिय सदस्य विषमलाल अधिकारी दनुवार, गणेश पहाडी र केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले सम्बोधन गरेका हुन ।

केन्द्रिय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाले सो अवसरमा जनताले लडेर ल्याएको उपलब्धीलाई पुनः पूर्व राजावादीहरुले खोस्ने दुस्साहस गर्न थालेकाले गणतन्त्रको पक्षमा जनताको चेतना जागृत गर्न जागरण सभा आयोजना गरिएको बताए । लामो त्याग र बलिदानि पछि प्राप्त संघीय लोकतांत्रिक गणतन्त्र मास्न खोज्नेहरुको सपना कहिल्यै पुरा नहुने उनले प्रष्ट पारे ।

पूर्व सहमति अनुसार बस्न र धेरै बकबक गरे नागर्जुनबाट पनि लखेट्नु पर्ने अवस्था आउने सम्बोधनको क्रममा एमाले नेताहरुले चेतावनी दिएका छन । कार्यक्रमलाई जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठले समापन गरेका हुन ।

एमाले सचिवालय बैठकले गरेको निर्णय अनुसार सोमबार देशैभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरुमा जागरण सभा आयोजना गरिएको एमाले सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : १७ चैत्र २०८१, सोमबार १४:१०

प्रतिक्रिया दिनुहोस्