सिन्धुली – कमलामाइ नगरपालिकाले निकासी कर नलगाएर साना किशानलाई मार पर्ने गरि हाटबजार कर लगाएको भनी केही सामाजिक संजाल प्रयोगकर्ता तथा मिडियाले अफबाह फैलाएको बिषयमा प्रष्ट पार्दै नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले उक्त भ्रामक अफवाह खेदजनक रहेको बताउनुभएको छ ।
एक स्थानिय टेलिभिजनमा अन्तरबार्ताको क्रममा नगरप्रमुख पोखरेलले निकासी कर चाहिँ नलगाउने तर साना किशानलाई मार पर्ने गरि कमलामाइ नगरपालिकाले हाटबजार कर लगायो भनेर गलत अफबाह फैलाउने कार्य केही सामाजिक संजाल प्रयोगकर्ता तथा मिडियाले गरेर आफ्नो चरित्र हत्या गरेको बताउनुभयो ।
निकासी कर नलगाएको बिषयलाई प्रष्ट पार्दै उहाँले भन्नुभयो, ‘निकासी कर नलगाउन संघिय सरकारले नै निर्देशित गरेको छ । कुनै पनि स्थानिय तहले स्वस्फूर्त ढंगले कुनै किसिमको निकासी कर लगाउन पाइदैन । निकासी कर अबैध हो ।
उहाँका अनुसार, ‘सायद सिन्धुली जिल्ला भरीमा एउटा पालिका गोलन्जोरमा मात्रै निकासी करको ठेक्का लागेको छ । त्यसको पनि अहिले मुद्दा सायद चलीरहेको छ । कुनैपनी हाइवेमा ढाट राखेर निकासी कर उठाउन पाइदैन । त्यसलाई संघिय सरकारले नै बन्देज गरेको छ । यसै अनुसार कमलामाइले पनि निकासी कर नलगाएको हो ।
अब त्यसमा जुन पालिकाले निकासी करको टेण्डर आह्वान गर्यो स्वभाबिक रुपमा कोहि व्यावसायिले टेण्डर दरखास्त गर्छ । त्यसमा यो दल, त्यो दल, कोहि नजिक कोहि टाढा भनेर टेण्डर लागेको हुदैन त्यसको आफ्नै मापदण्ड छ सोही अनुसार टेण्डर भयो होला भन्ने मेरो बुझाइ छ ।”
अर्को बिषय जुन छ हाटबजार कर । म यो बिषयमा नगरबासी तथा आम नागरिकलाई एसै मिडिया मार्फत प्रष्ट बनाउन चाहान्छु कि हाटबजार कर कोहि ब्यक्ती मोटाउन या अर्को मोटाउनको लागी उक्त कर प्रणाली लागु गरिएको होइन । इतिहासमा खोज्न सकिन्छ हाटबजार कर अहिले मात्रै होइन पन्चायतकाल देखीनै हाटबजार कर लगाउदै आइएको हो । अहिले म मेयरमा निर्वाचित भएपछी मात्रै यो कर लगाइएको होइन ।
यो हाटबजार कर किन लगाइएको हो भने हाटबजार क्षेत्र लगायतमा नगरपालिकाले नियमित सरसफाइ गर्नुपर्छ । त्यसमा हामिले छुट्टै नितिनियम र कानुन निर्माण गरेका छौ । यसको छुट्टै आफ्नो मापदण्ड छ । त्यसमा पनि टेण्डरको एउटा आफ्नै मापदण्ड र प्रक्रिया हुन्छ, त्यही प्रक्रिया मार्फत हाटबजारको ठेक्का लागेको हो ।
त्यसमा कुन पार्टीको कुन दलमा आबद्ध भएकोले टेण्डर लियो भन्ने कुरामा पनि मेरो कुनै हस्तक्षेप छैन । त्यसको छुट्टै प्रक्रिया छ । साना किशानलाई मार पर्यो भनेर जुन अफबाह सामाजिक संजालमार्फत फैलाउने कार्य भएको छ यो कार्य अत्यन्त खेदजनक छ । त्यस्ता अफवाहयुक्त समाचार पोष्टहरु मैले हेरेको पनि छु ।
नगरप्रमुख पोखरेलले भन्नुभयो, “हाटबजार करमा साना किशानलाई मार पर्यो भनेर जुन फोटो भिडियो राखेर प्रचार गरिएको छ त्यो सिन्धुली हाटबजारको नभएर हाइटीको हो । केहि सामाजिक संजाल र मिडियाले सुचनाको नाममा पैशा असुल्नको लागी बार्गेनिङ्गको हिसाबमा यो अफवाह फैलाइएको हो जुन कार्य अत्यन्त खेजनक छ ।”
अफवाहयुक्त हाटबजारकरको उक्त भिडियो र फोटोलाई लिएर कुनै मिडियाले ५० हजार एक लाख सुचनाको नाममा दिनुपर्यो भनेर आफुलाइ फोन समेत आएको जनाउदै नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘आफुले स्थानिय मिडियाको दैनिकी कमजोर हुँदाहुँदै यस्ता भ्रम सृजना गर्ने गलत कार्यका लागी आफुले बाह्य मिडियालाई पैसा दिन नसक्ने जनाएपछी नियोजित रुपमा गलत अफवाह फैलाएर मेरो चरित्रहत्या गर्ने कार्य भएको छ म यो कार्यको खेद प्रकट गर्न चाहन्छु ।”
यस्ता गलत अफवाह फैलाउन नियोजित रुपमा उद्दत केही सामाजिक सन्जाल प्रयोगकर्ता र मिडियालाई आफुले मानहानीको निबेदन दर्ता समेत गराएको र त्यस्ता गलत प्रवृत्तिलाई कानुनी कारबाही हुने बिश्वास राख्दै आम सचेत नगरबासी तथा नागरिकहरुमा यस्ता गलत अफवाहको पछि नलाग्न उहाँले आग्रह समेत गर्नुभयो ।









