एकपक्षीय रुपमा युवासंघ मरिण गठन गरिएको प्रती असन्तुष्टि

सिन्धुली । राष्ट्रिय युवा संघ नेपालको मरिण गाउँपालिका कमिटी गठनमा पुर्व-वाइसीएलका युवालाइ मात्रै भेला गराइ पुनर्गठन गरिएको भन्दै साबिक युवा संघले घोर आपत्ति जनाएको छ ।

साबिक युवा संघले २०७७/०६/१८ गते एकपक्षीय रुपमा वाइसीएलका कार्यकर्तालाई भेला गराइ राष्ट्रिय युवा संघ नेपालको गठन गरिएकोप्रती असन्तुष्टि ब्यक्त गर्दै साबिक राष्ट्रिय युवा संघ नेपाल मरिण गाउँपालिका कमिटिले बिज्ञप्तिमार्फत आपत्ति जनाएको हो ।

सह-संयोजक बिनय बलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा गुटगत मानसिकताबाट प्रेरित भइ पेलेर जानुपर्छ भन्ने व्यबहार पार्टी र सङ्गठनको नेतृत्वले देखाएको भनी उल्लेख गरिएको छ । बिज्ञप्तिमार्फत भनिएको छ, ‘यो कार्य नसच्चिए राष्ट्रिय युवा संघ नेपाल जस्तोसुकै जोखिम उठाउन र अन्तर संघर्षमा खरोसंग उत्रिन तयार छ ।’

बिज्ञप्तिमार्फत नवगठित राष्ट्रिय युवा संघ नेपाल मरिण गाउँपालिका कमिटी आधिकारिक नभएको र पुनः एकीकृत भेला गराइ गठन गराउन माग गरिएको छ । मागलाई बेवास्ता गर्दै नेतृत्व अगाडि बढेमा हजारौं युवा तथा कार्यकर्ताको राजनितिक तथा साङ्गठानिक जीवन जोगाउन जस्तो सुकै कदम चालिने बिज्ञप्तिमा चेतावनी दिइएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलवार ०९:१२

प्रतिक्रिया दिनुहोस्