सिन्धुली – सिन्धुली अस्पतालमा शनिबार आयोजित महिलाको पाठेघर तथा स्तन क्यान्सर स्क्रीनिङ सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण शिबिरमा ५०१ जना महिलाले स्वास्थ्य परीक्षण गराएका छन् ।
सिन्धुली अस्पतालसंगको समन्वयमा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सिन्धुली अस्पतालमा आयोजना गरिएको सो निःशुल्क स्वास्थ्य शिविरमा महिलाको स्तन तथा पाठेघरको क्यान्सरबारे परीक्षण गर्नुका साथै परामर्श सेवा प्रदान गरिएको थियो ।
सो शिविरमा भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक तथा वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. उज्ज्वल चालिसेलगायतको चिकित्सक र स्वास्थ्यकर्मीको टिमले स्वास्थ्य परीक्षण गरेको थियो ।
शिविरमा ५०१ जना महिलाको स्वास्थ्य परीक्षण गर्दा ४ जना महिलाको भिआइए टेस्ट पोजेटिभ देखिएको सिन्धुली अस्पतालका अध्यक्ष सतिशचन्द्र ढकालले बताउनुभयो । र अन्य बाकीको क्यान्सर अस्पतालबाट रिपोर्ट आएपछी एकिन हुने बताउनुभयो ।
रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचेतताका लागि यो शिबिर आवश्यक रहेको र प्रभाबकारी ढङ्गबाट सिबिर संचालन भएको ढकालले बताउनुभयो ।









