बिद्यालयको शैक्षिक क्यालेन्डरमा “एमालेको झण्डा”

सिन्धुली – कक्षा कोठाभित्र र बाहिरका क्रियाकलाप विद्यार्थीको रुचि क्षमताअनुसार तोकिएको समयमा सम्पन्न गर्न सचेत पार्न, योजनाबद्ध रूपमा शैक्षिक गतिविधि सञ्चालन गर्ने बानीको विकास गर्न, शिक्षक र शिक्षाकर्मीहरूलाई स्वमूल्याङ्कन गरेर परिमार्जित एवं परिस्कृत पेसागत प्रतिष्ठा बढाउनलगायत शैक्षिक अनुगमन निरीक्षणलाई नियमित गरी पाठ्यक्रमले लक्षित गरेको उद्देश्यलाई यथार्थमा हाँसिल गर्नको लागि शिक्षण संस्थामा शैक्षिक क्यालेन्डरलाई कोसेढुङ्गा मानिन्छ ।

यसै उदेश्य अनुरुप जिल्लाको गोलन्जोर गाउँपालिका -५ खनियाखर्क स्थित जनता माबी खनियाखर्कले बार्षिक शैक्षिक कार्यपात्रो (क्यालेन्डर) -२०८२ लाई प्रकाशन गरेको थियो । तर उक्त क्यालेन्डरमा शैक्षिक गतिबीधि र बिद्यालय सम्बन्धी कार्ययोजना अंकित सामाग्री समाबेश गर्नुपर्नेमा नेकपा एमालेको पार्टिको झण्डा अंकित फोटो क्यालेन्डरमा प्रकाशन गरेको पाइएको छ ।

शिक्षक, प्रधानाध्यापक, व्यवस्थापन समिति तथा विद्यार्थीलगायतका शिक्षाकर्मीको लागि आफ्नो जिम्मेवारी समयमा सम्पन्न गर्न सहयोग पु-याउने मार्गचित्रको रूपमा लिने गरिएको शैक्षिक क्यालेन्डरमा पार्टिको झण्डा बोकेर घरदैलो गरेको फोटो क्यालेन्डरमा प्रकाशन भएपछी अहिले सामाजिक संजालमा बिद्यालयको चौतर्फी आलोचना भएको हो ।

क्यालेन्डर बनाउनको लागि विषय शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति, आवश्यकता अनुसार अभिभावक लगायतका क्यालेन्डरमा समावेश गरिने विषयवस्तुसँग सरोकार राख्ने व्यक्तिहरूको सहकार्यमा बनाउनुपर्दछ । क्यालेन्डरमा शैक्षिक सत्रभरि पढाइने विषयका पाठहरूको विभाजन यथाशक्य विस्तृत एवं आकर्षक रूपमा प्रस्तुत गरिनुपर्दछ ।

तर जानी-जानी हो या भुलबस भएको हो भनी बिद्यालयका प्रधानाध्यापक रमेश कुमार बर्मासंग बुझ्दा प्रअ बर्माले भुलबस उक्त फोटो त्याहा बसेको बताए । हामिले त्यसरी आइसकेपछी प्रीन्ट भएको सबै क्यालेन्डर फिर्ता गरिसकेका छौ, त्यो अब सच्चिएर आउछ र हामिले त्यसलाई बितरण गर्छौ बर्माले भने ।’

वर्षभरि विद्यालय खोलिने दिन, सार्वजनिक बिदा, विभिन्न परीक्षा समय, अतिरिक्त क्रियाकलाप, सूचना तथा सन्देशमूलक भनाइहरू एवं शिक्षक विद्यार्थीले पालना गर्नुपर्ने आचरसंहितालगायतका विषयवस्तुलाई समावेश गर्न सकिन्छ । स्थानीय सामाजिक मूल्य मान्यता, संस्कार, संस्कृति र परम्पराको संवेदनशीलतालाई समेत हेक्का राखेर मात्र क्यालेन्डर बनाउनुपर्दछ ।

प्रकाशित मिति : २६ बैशाख २०८२, शुक्रबार ०७:०४

प्रतिक्रिया दिनुहोस्