होटल म्यानेजमेन्ट कलेजका बिद्यार्थीलाई निशुल्क ट्याबलेट उपलब्ध

सिन्धुली । बिश्व लगायत जिल्लामा कोभिड -१९ को संक्रमण दिनानुदिन बढ्दै गइरहेको बेला सिन्धुली कलेज अफ होटेल म्यानेजमेन्टले अनलाइन माध्यमबाट पठन पाठन गराउन आफ्ना विद्यार्थीलाई ट्याब्लेट वितरण गरेकाे छ ।

विद्यार्थीलाई आर्थिक भार नपर्ने गरि कलेजले अतिरिक्त शुल्क नलिई विद्यार्थीलाई जूम एप चलाउन सकिने एन्ड्रोइड ट्याब्लेट वितरण गरिरहेको कलेजका प्रबन्ध निर्देशक समिर ढकालले बताए ।

कलेजले ट्याब्लेट चलाउन चाहिने इन्टरनेटको लागि समेत ३ देखि ४ महिनाको डाटाप्याक सिमकार्ड सहित आफ्नै खर्चमा उपलब्ध गराउने छ । काेभिड १९ काे बढ्दाे संक्रमणले कलेज संचालनमा समस्या भएपछि विद्यार्थीको भविश्यको लागी पठन पाठनलाई निरन्तरता दिन कलेजले विद्यार्थीलाई यस किसिमकाे सहयाेग गरिरहेको प्रबन्ध निर्देशक ढकालले बताए ।

नियमित पठनपाठन गरिरहेका बिद्यार्थी र कलेजमा अध्यनका लागी नयाँ भर्ना हुने विद्यार्थी समेतले यो सुबिधा लिन सकिने कलेजले जनाएको छ । पठनपाठन अनलाईन माध्यमबाट भए पनि वैज्ञानिक ढंगमा संचालन गर्ने कलेजको भनाइ छ।

विद्यार्थी र शिक्षकको मानसिक र सरिरिक स्वास्थ्यलाई मध्यनजर गर्दै दिनहुँ २-३ वटा विषयकाे पढाइ हुने छ । अनलाईनबाट छोटो र प्रभावकारी कक्षा संचालन गर्ने, नियमित गृहकार्य दिने व्यवस्था मिलाईएको कलेजले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १५:३६

प्रतिक्रिया दिनुहोस्