सिन्धुली – जिल्लाको कमलामाई नगरपालिकाले स्थानिय युवाहरूलाई स्वरोजगार बनाउने उदेश्य सहित उद्योग तथा व्यवसाय प्रबर्द्धन शाखाको पहलमा आ.व. २०७७/०७८ र २०७८/०७९ मा नगरभित्रका युवाहरुलाई बिनाधितो, बिनाव्याज ऋण प्रवाह गर्ने लक्ष सहित “नगर युवा स्वरोजगार कार्यक्रम” लागू गर्यो ।
तत्कालिन मेयर खड्ग बहादुर खत्रीले आफ्नो कार्यकालको अन्तिम समयमा आसन्न स्थानिय तहको दोस्रो निर्वाचन – २०७९ लक्षित उक्त कार्यक्रम लागू गराएर राज्यको पैसा दुरुपयोग गरेको भन्ने चौक तथा चिया पसलमा आजभोली सुन्ने गरिन्छ ।
यदि चुनाब लक्षित कार्यक्रम नभए आफ्नो कार्यकालको अन्तिम चरणमा करोड बढी रकम युवा स्वरोजगारको नाममा आफ्ना आसेपासे, कार्यकर्ता र पहुँच हुनेहरु पत्रकार देखि राष्ट्रिय कलाकारहरु समेतलाई किन बाढ्थे ? यस्ता जिज्ञासाले अहिले सामाजिक संजाल तथा चोक चौतारा तातेको छ ।
नगरपालिकाले नगर युवा स्वरोजगार कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ अनुसार नगरका विभिन्न युवाहरू जसमा उद्यमी, व्यवसायी, कलाकार, पत्रकार लगायतलाई स्वरोजगारका लागि रकम उपलब्ध गराएको थियो । युवाहरुलाई बिनाधितो, बिनाव्याज ऋण प्रवाह गरिएको भएपनी अहिलेसम्म धेरै ऋणिले कर्जाको किस्ता बुझाएका छैनन । कर्जा अवधि सकिए पनि नगरपालिकाले कर्जा असुलका लागी पटक पटक लिखित पत्राचार तथा सुचना जारी गरेपनी कर्जा असुल नभएको नगरपालिकाले जनाएको छ ।
कर्जा रकम दाखिला भएपछी नगतपालिकाले स्थानिय पत्रीकामा प्रथम पटक २०८१/१०/२३ गते १५ दिनको सुचना जारी गरिएको, पुनः दोस्रो पटक २०८२/०१/०२ गते १५ दिने सुचना जारी गर्दा समेर कर्जा दाखिला नभएपछी तेस्रो पटक कर्जा लिएका ब्यक्ती, संघसंस्थाको नाम, कर्जा स्वीकृत मिति, लिएको कर्जा रकम, दाखिला गर्नुपर्ने कुल रकम बिबरण सहित मिति २०८२/०३/३१ गते १५ दिने सुचना जारी गरेको छ ।
“बेरोजगार युवालाई स्वरोजगार बनाउने उद्देश्यले सञ्चालित नगर युवा स्वरोजगार कार्यक्रममा प्रतिफलको कुनै मतलब नगरी चुनाब लक्षित पत्रकार, कलाकार समेतलाई पैसा बाढेर तपाइहामिले तिरेको करको यत्रो रकम दुरुपयोग गराउनु साच्चिकै चिन्ताजनक बिषय हो, बर्तमान नगरप्रमुख उपेन्द्र कुमार पोखरेलले भन्नुभयो ।’
अहिले नगरपालिकामा विभिन्न योजना मार्फत काम गरेका योजनाहरुको समेत भुक्तानी गर्न नसकिरहेको अबस्था छ, ‘विभिन्न कार्यक्रम तथा योजना मार्फत भएका राम्रा कामहरुको समेत भुक्तानी गर्न नसकिरहेको अबस्थामा राज्यको यती मोटो रकम जथाभाबी बाडेर, ८०/८३ जना युवा खुशी बनाउने उदेश्यले चुनाब लक्षित यसरी राज्यको ढुकुटीको दुरुपयोग गरिनु गम्भीर र लाजमर्दो बिषय भएको उहाँको भनाइ छ ।
नगरप्रमुख पोखरेलले भन्नुभयो, ‘हामिले तेस्रो पटक स्थानिय पत्रीकामा कर्जा असुलका लागी १५ दिने सुचना जारी गरेका छौं, यदि उक्त समयसिमा भित्रपनी कर्जा असुल नभए राज्यका सेवा सुबिधाबाट बन्चित हुनेगरी कालोसुचीमा नाम निकाल्छौ र कानुनी उपचारतर्फ लाग्छौ ।’ राज्यको यति मोटो रकम कसैको सनकीको भरमा अहिले हामिले दु:ख पाइरहेका छौ” यसमा कानुनी उपचारको बाटो रोजिन्छ ।’
निस्कर्ष : के राज्यको १ करोड रुपैयाँ बढी ढुकुटी बाँडेर कृषि उत्पादन वृद्धि भयो त ? युवा पलायनमा कमी आयो त ? नगरको उत्पादनमा वृद्धि भयो त ? सोच्नु पर्ने यहाँनेर छ । अनुदान, सीपयुक्त तालिम, पेसा र व्यवसाय स्थल फरक –फरक ठाउँमा रह्यो कार्यक्रममा उल्लेख गरे अनुसार लक्षित वर्गमा अनुदान पुग्न सकेन । पुगे पनि मात्र अनुदानको निमित्त गरिएको वर्गमा अनुदान पुगेको प्रस्ट बुझ्न सकिन्छ ।
राज्यले ढुकुटीबाट बर्सेनि करोडौं रकम अनुदानमा बाँडिरहेको छ । तरपनि जीविकोपार्जनका निमित्त अन्य उपाय नभएर बाध्यताले लागेका कृषक तथा अन्य उद्योगका उद्योगको अवस्था भने उत्पादित वस्तुको बजार नपाएर सडकमा फ्याँक्नु परेको छ ।
उनीहरूको अवस्था दिनप्रतिदिन झन् दयनीय बन्दै गएको छ । ती कृषक तथा उद्योगीलाई त कृषि तथा अन्य पेसा भनेको ‘नखाऊ भने दिन भरिको सिकार खाऊ भने कान्छा बाबुको अनुहार’ जस्तो भएको छ ।


