कोरोना लागेको त्रास फैलाउदै हिडेपछी मनमुटाब भयो

सिन्धुली । शनिवार साँझ गाउँमा न्वारान समारोहमा सहभागी भएर घर फर्किदा आफुलाइ गोलन्जोर गाउँपालिका -२ का अध्यक्ष दौलत कार्किले कुटपिट गरेको स्थानिय ध्रुवबहादुर कार्कीले आरोप लगाएका छन ।

आफू अध्यक्षबाट कुटिएको भनिएका ध्रुबबहादुर कार्कीका अनुसार उनी गाउँको एकभोजमा सहभागी भएर साझ घर फर्किएका थिए । तर, आफू किन अध्यक्षबाट कुटिए भन्नेबारे उनी स्वयं जानकार छैनन ।

वडाअध्यक्ष तथा गाउँपालिका प्रबक्ता दौलत कार्की भन्छन, ‘ध्रुबबहादुर कार्की मेरो नातामा दाइ पर्छन’ । आफू गाउँपालिकाको प्रबक्ता पनि भएकोले गाउँपालिकाको कार्यालय दैनिक जसो कुनै न कुनै कामले गइरहनु पर्छ ।

केही दिन अघि गाउँपालिकाको केही कर्मचारी र अन्य केही ब्यक्तिमा कोरोना सङ्क्रमण भएको पिसिआर रिपोर्ट आयो । त्यसपछी अति आबस्यक सेवा बाहेक अन्यको रिपोर्ट नआउन्जेलसम्मको लागि अन्य कामकारबाही बन्द गर्ने निर्णय गाउँपालिकाले गर्‍यो र म गाउँमै शुरक्षित बसे ।

म गाउँमा बसेपछी दाइ पर्ने ध्रुबबहादुर कार्किले न्वारान स्थल लगाएत गाउँघरमा वडा-अध्यक्षलाई कोरोना लागेको छ भन्दै भ्रम छर्दै हिडेछन । प्रबक्ता कार्की भन्छन, ‘त्यो त केही भएन रिपोर्ट आउन बाकी थियो केही थिएन, त्यही पनि म घरमै थिए । त्यो सङ्गै उनले गाउँपालिकाको प्रबक्ता तथा वडा अध्यक्ष भएर लाखौं रकम भ्रष्टाचार गर्‍यो भनेर झुठो हल्ला गाउँभरी छर्दै हिडिरहेका रहेछन ।’

प्रबक्ता कार्की भन्छन, ‘न्वारानबाट फर्किदै गर्दा ध्रुबबहादुर कार्किलाइ मैले भेटे र सोधे किन कोरोनाको रिपोर्ट आको छैन अध्यक्षलाई कोरोना लागेको छ भनेर हल्ला फिजाएको ? मैले गाउँपालिकामा प्रबक्ता भएर, वडा अध्यक्ष भएर के कति भ्रष्टाचार गरे ? भनेर सोध्दा न्वारानमा उनले रक्सी खाएर आएको र आफुलाइ उल्टै झम्टेकोले सामान्य हात हालाहालको स्थितीचाहिँ भएको हो अध्यक्ष कार्किले भने ।’

प्रबक्ता कार्किका अनुसार, ‘ध्रुबदाइले रक्सी खाएर आएका रहेछन । त्यसैकारणले पनि चर्काचर्की अलि असामान्य भयो । हात हालाहालकै स्थिती भएपछी म घरतिर लागे । म त्यहाँबाट हिडेपछी उनी लडेछन र त्यही लडेको ठाउमा बान्ता गरेछन । उनले कुटाइखाइ बान्ता गरेको नभइ रक्सिले मातिएर लडेको र बान्ता गरेको हुनसक्ने अध्यक्ष कार्किले बताएका छन ।

यता पिडित पक्षले आफुलाइ आक्रमण भएको दावी गरेका छन् । ‘तँ मेरो बद्नाम गर्ने भन्दै एक्कासी लात्तीमुक्का र लौरोले आक्रमण गरे । मैले प्रतिबाद गर्नै सकिनँ । म बेहोस भएर लडेपछि मर्यो भनेर छाडेर हिँडेछन्,’ पीडितको आरोप छ ।

गाउँमा आयोजित भोजमा सहभागी हुँदा कुटपिट भएको भन्दै स्थानिय ध्रुवबहादुर कार्कीका परिवारले जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी गरेका छन् भने उता ध्रुव कार्कीको काठमाडौं न्यूरो अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिट भएको बारेमा स्थानीयसँग सोधपुछ गर्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीकी एसपी रञ्जु सिग्देलले बताइन् । पीडितको मेडीकल रिपोर्ट पनि हेर्छौँ, थप अनुसन्धानपछि मात्रै कुटपिट भए नभएको भन्न सकिन्छ ।’ प्रहरी प्रमुख रञ्जु सिग्देलले भनिन ।’

प्रकाशित मिति : २७ आश्विन २०७७, मंगलवार ०४:२३

प्रतिक्रिया दिनुहोस्