सिन्धुली – सिन्धुलीका दुई वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवारको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर १ र २ बाट सिफारिस भइ आएका र जिल्ला कार्य समितीमा निबेदन परेका नामावलीलाई जिल्ला कार्यसमितीको बैठकले निर्णय गरि सिफारिस गरिएको जिल्ला कार्यसमितिका सभापती उपेन्द्र कुमार पोखरेलले बताउनुभयो ।
सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा तर्फ प्रत्यक्षमा १२ जनाको नाम सिफारिस गरिएको छ । श्यामकुमार घिमिरे, उज्ज्वल प्रसाद बराल, मोहन प्रसाद बराल, प्रेम चन्द्र दाहाल, बिश्वनाथ कोईराला, शम्भु राउत, प्रेम प्रसाद भट्टराई, ध्रुबप्रसाद पहाडी, दिनेश प्रसाद अधिकारी, खिला कुमारी दाहाल (लक्ष्मी), अन्जनी कोईराला र कृष्णमुरारी गुरुङको नाम सिफारिस भएको छ ।
समानुपातिक तर्फ गङ्गा दाहाल, इन्दिरा निरौला, भद्रीमाया मगर र चेतप्रसाद भट्टराईको नाम सिफारिस भएको हो । त्यस्तै राष्ट्रिय सभा सदस्यतर्फ भने बिनोद कुमार गुरुङको एकल नाम सिफारिस भएको छ ।
सिन्धुली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ सुशिला थिङ्ग, खड्ग बहादुर वाइबा, डम्बर बहादुर कार्की र असिम जंग थापाको नाम सिफारिस भएको छ ।
समानुपातितर्फ दिपशिखा शर्मा ढकाल, बाबुराम भट्टराई, बिजुला बर्मा, जनक बहादुर तोलाङ्गे, श्रीचन चौधरी, नरेन्द्र जंग थापा र श्यामकाजी श्रेष्ठको नाम सिफारिस भएको छ ।









