पराजित दुबै उम्मेदवारलाई एमालेले पुनः बनायो सिन्धुलीमा उम्मेदवार

सिन्धुली – अघिल्लो प्रतिनिधि सभाको निर्वाचन २०७९ मा सिन्धुलीका दुबै निर्वाचन क्षेत्रमा पराजित उम्मेदवारलाई नेकपा एमालेले यो पटक उम्मेदवार बनाएको छ ।

सिन्धुलीको क्षेत्र नम्बर १ मा एमालेले प्रदीपकुमार कटुवाललाई उम्मेदवार बनाएको छ भने क्षेत्र नम्बर २ मा मनोज जंग थापालाई उम्मेदवार बनाएको छ । यी दुवै उम्मेदवार २०७९ को प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ प्रतिस्पर्धा गरेर पराजित भएका हुन ।

त्यतिबेला क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका श्यामकुमार घिमिरे निर्वाचित भएका थिए । घिमिरेले ३० हजार ३१९ मतसहित निर्वाचित हुँदा नेकपा एमालेका उम्मेदवार कटुवालले २५ हजार ५४६ मत ल्याएर पराजित बनेका थिए ।

त्यस्तै क्षेत्र नम्बर २ मा तत्कालीन माओवादी केन्द्र (हाल नेपाली कम्युनिष्ट पार्टी) का लेखनाथ दाहाल (राजन) विजयी भएका थिए । उनले २७ हजार ५१७ मत ल्याएर विजयी हुँदा मनोज जंग थापा २१ हजार ६८७ मतसहित दोस्रो भएका थिए ।

थापा पूर्वमाओवादी समेत हुन् । माओवादी र एमाले मिलेर नेकपा बनेपछि दुई पार्टी फुट्दा उनी एमालेमै बसेका थिए ।२०७९ को निर्वाचिनमा पराजित यी दुवै उम्मेदवारलाई अहिले फेरि एमालेले उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : ५ माघ २०८२, आईतवार ०६:३३

प्रतिक्रिया दिनुहोस्