सिन्धुलीका दुईवटै क्षेत्रमा नेकपाले टुंग्यायो उम्मेदवार

सिन्धुली – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सिन्धुलीको दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ ।

फागुन २१ गते हुन गइरहेको प्रतिनिधी सभा निर्वाचनका लागि नेकपाले सिन्धुली– १ मा डेकेन्द्र सुबेधीलाई उम्मेदवार बनाएको छ भने सिन्धुली– २ मा भने निबर्तमान प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल ‘राजन’ लाई नै दोहोर्‍याएको छ ।

सिन्धुली– २ बाट दाहाल २०७९ को प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका थिए भने सुवेदी पेशाले कानुन ब्यबसायी हुन । नेकपा एमालेले समेत सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको छ ।

नेकपा एमालेले पनि २०७९ को प्रतिनिधी सभाको निर्वाचनमा निर्वाचित साम्सद दाहाल संग प्रतिस्पर्धामा रहेका मनोज जंग थापालाई नै पुनः उमेदवार बनाएको छ ।

२०७९ माओवादीबाट निर्वाचित दाहालले २७ हजार ५१७ मत ल्याएर विजयी भएका थिए भने उनका प्रतिस्पर्धी एमालेका मनोजजंग थापाले २१ हजार ६८७ मत ल्याएका थिए ।

दुई राजनैतिक दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले सिन्धुलीका दुईवटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंग्याइसकेको भएपनी नेपाली कांग्रेस लगायत अन्य दलले भने अहिले सम्म उमेदवार टुंग्याएका छैनन ।

प्रकाशित मिति : ५ माघ २०८२, आईतवार १२:५०

प्रतिक्रिया दिनुहोस्